Home News सर्वोच्च अदा*लत जाँदै प्रधानमन्त्री ओली, एक्का*सी लिए यस्तो निर्णय,अत्यन्तै क*डा सुर*क्षा ब्यवस्था

सर्वोच्च अदा*लत जाँदै प्रधानमन्त्री ओली, एक्का*सी लिए यस्तो निर्णय,अत्यन्तै क*डा सुर*क्षा ब्यवस्था

171
0

अवलेहना मुद्दामा बिहीबार लिखित जवाफ दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतप्रति आफ्नो उच्च सम्मान रहेको बताए । आफैं अदालतमा उपस्थित भएर बुझाएको ११ बुँदे लिखित जवाफमा प्रधानमन्त्री ओलीले आफूले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनेर कल्पना गर्नु नै दुराग्रहपूर्ण भएको बताएका छन् ।

‘मेरो सम्मानित अदालतप्रति उच्च सम्मान रहेको छ। न्यायपालिकाको स्वतन्त्रता र कानूनको शासन लोकतन्त्रका प्रमुख आधारस्तम्भ हुन्। हाम्रो संवैधानिक प्रणाली शक्ति पृथकीकरण एवं नियन्त्रण तथा सन्तुलनको सिद्धान्तमा आधारित छ’, उनले लिखित जवाफमा भनेका छन्, ‘लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाको लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरे भनी कल्पना गर्नु समेत दूराग्रहपूर्ण छ।’

मौलिक हकमा अतिक्रमण हुने गरी अभिव्यक्ति दिएको भन्ने रिट निवेदकको दाबीको कुनै आधार नभएको प्रधानमन्त्री ओलीले बताएका छन् । प्रधानमन्त्री ओलीले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै आएको र अदालतको अवहेलना कहिल्यै नगरेको बताएका छन् । उनले अवहेलनाको निवेदन खारेज गर्न माग गरेका छन् ।

अदालतबाट भएका फैसलाको आफू र आफ्नो नेतृत्वको सरकारले सदैव पालना गरेको उनले बताएका छन्। ‘अदालतबाट भएका फैसला तथा आदेशको म तथा मैले नेतृत्व गरेको सरकारबाट सदैव सम्मान र कार्यान्वयन भइरहेको छ। सर्वोच्च अदालतले गरेका संविधान र कानूनको व्याख्या पूर्णतः पालना र कार्यान्वयन भएका छन्’, प्रम ओलीले उल्लेख गरेका छन्, ‘सम्मानित अदालतबाट न्याय सम्पादनको क्रममा हुने काम कारवाहीमा कुनै अबरोध गरिएको छैन। कुनै फैसला वा आदेशको अवज्ञा गरिएको भन्ने दाबी निवेदकले लिन सकेको अवस्था छैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here