Home News काला*पानीमा से*ना तैनाथ हुदा अब के हुन्छ ?| इन्डियामा आप*तकालिन बैठक |...

काला*पानीमा से*ना तैनाथ हुदा अब के हुन्छ ?| इन्डियामा आप*तकालिन बैठक | रास्ट्र संघमा राष्ट्रहरुको सर्त

1499
0

कालापानीमा सेना तैनाथ हुदा अब के हुन्छ ?| इन्डियामा आपतकालिन बैठक | रास्ट्र संघमा राष्ट्रहरुको सर्त। तत्कालिन जनमोर्चाका नेता अमिक सेरचनको समुहले – केहि बर्ष अगाडि संयुक्त रास्ट्रसंघमा – नेपाल माथि इन्डियाको अत्याचार र अतिक्रमणको बिषयमा छलफल चलाउन निबेदन गरेका थिए। तर यस प्रकारको पत्र – नेपाल सरकारको तर्फबाट आए – रास्ट्रसंघले कारवाही अगाडी बढाउने जवाफ फर्काई दिएको थियो।

याे समचार पनि पढ्नुहोस्
प्रधानमन्त्री केपी ओलीले जनताले देख्ने गरी चुनावको तयारी नभएको भन्दै निर्वाचन आयोगलाई समयमै कार्यक्रम प्रकाशित गर्न आग्रह गरेका छन्। ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘ केहि दिनअघि निर्वाचन आयोग गएर निर्वाचनको तयारी समयमा गर्नुपर्दछ भनेको छु। तर कार्यक्रम प्रकाशित गरिएको छैन। तयारी हुँदैछ भनेको थियो। जनताले निर्वाचनको तयारी देख्नेगरी थाहा पाएका छैनन्। तोकिएकै समयमा चुनाव गर्न निर्वाचनको मिति घोषणा गरिएको हो,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव गराएर छोड्ने दावी गरे। उनले भने,’ तोकिएकै समयमा चुनाव हुनुपर्छ भनेर घोषणा गरिएको हो। त्यसविरुद्ध कुनै पनि षडयन्त्र हुनुहुदैन।’

केपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले प्रचण्ड-समूह विभिन्न बहाना बनाएर सरकारलाई धरायसी बनाउन खोजेको आरोप लगाएका। ‘बहुमत भत्काउने। स्थिरता र स्थायीत्व भत्काउने। अनि अस्थिरतामा खेल्ने। एउटा अग्रगामी भिजनमा काम गरिरहेको सरकारलाई धरायसी बनाउने,’ उनले भने, ‘यी प्रयासहरु थिए। हुन दिएन र फेरि जनताको बीचमा ताजाजनादेशमा जानु पर्‍यो।’

जनताको बीचमा ताजाजनादेशमा जाँदा संविधानमा कुनै खतरा नभएको प्रधानमन्त्री ओलीले भनाइ छ। ‘ संविधान कहाँनिर मारियो। कहाँनिर मासियो। कहाँनिर संविधानको मर्म र भावना कदर भएन । वैशाखमा चुनाव हुन्छ। सरकार बन्छ,’ उनले भने,’ अनि संविधान कहाँबाट मिसियो। चुनाव हुँदा संविधान मिचिन्छ र लोकतन्त्र समाप्त हुन्छ भने अबको डेढ वर्षमा लोकतन्त्र समाप्त हुन्छ नेपालमा। चुनावले लोकतन्त्र समाप्त हुँदैन। लोकतन्त्रलाई ताजकि दिन्छ। यदि लोकतन्त्रका विरुद्ध षडयन्त्र गरिन्छ भने फेरि जनताका बीचमा जानुपर्छ। लोकतन्त्रलाई सुदृढ गर्नुपर्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here