Home News फागुन ७ प्रजातन्त्र दिवसकै दिन टुँडिखेल घे*राउ, ह’ल्लियो काठमाडौँ, सयौँ सुर*क्षाकर्मी परिचालन

फागुन ७ प्रजातन्त्र दिवसकै दिन टुँडिखेल घे*राउ, ह’ल्लियो काठमाडौँ, सयौँ सुर*क्षाकर्मी परिचालन

874
0

शुक्रबार ७१ औँ प्रजातन्त्र दिवस मनाइएको छ। सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाइएको हो। प्रजातन्त्र दिवसको अवसरमा आयोजित समारोहमा नेपाली सेनाको हेलिकोप्टबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७’ अंकित व्यानर र पुष्पवृष्टि गरिएको थियो। कार्यक्रममा नेपाली सेनाको अगुवाईमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीले मार्चपास गरेका थिए।

त्यस्तै कलाकारहरूले राष्ट्रिय गीत प्रस्तुत गरेका थिए। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, उपप्रधानमन्त्री, मन्त्रीगण, संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति थियो। आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले शान्तिपूर्ण लोकतान्त्रिक प्रणालीप्रतिको आफ्नो आस्था एवं विश्वास बढाउन र त्यस अभ्यासलाई आत्मसात गरी इमान्दारिताका साथ अगाडि बढ्न आग्रह गरे।

लोकतन्त्रलाई बिनाव्यवधान र बिनाविकृति अगाडि बढाउन, लोकतन्त्र भित्रैबाट अस्वस्थता र अस्थिरताको प्रयास हुन नपाओस् भन्ने अभिप्रायले मुलुक फेरि नयाँ निर्वाचनतर्फ अग्रसर भएको उल्लेख गर्दै प्रधनमन्त्री ओलीले निर्वाचनको तयारीका लागि सबै निकायलाई जिम्मेवारीपूर्वक आआफ्नो भूमिका निर्वाह गर्न निर्देशन दिए। प्राप्त उपलब्धिको रक्षा गर्दै कार्यान्वयनमा जुटेर सुशासन र विकासको सपनालाई साकार पार्नु अहिलेको आवश्यकता भएको उनको तर्क छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here