Home News एकाबिहानै हेर्नुहोस् ओलीले खो*ले भित्री कुरा, ता*त्यो माहोल ! प्रचण्ड पक्षका शीर्ष...

एकाबिहानै हेर्नुहोस् ओलीले खो*ले भित्री कुरा, ता*त्यो माहोल ! प्रचण्ड पक्षका शीर्ष नेताहरु नै सशं*कित

166
0

एकाबिहानै हेर्नुहोस् ओलीले खो*ले भित्री कुरा, ता*त्यो माहोल ! प्रचण्ड पक्षका शीर्ष नेताहरु नै सशं*कित

याे समचार पनि पढ्नुहोस्
तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) डकुमेन्ट बनाएर राय प्रतिक्रिया मागेको दुई महिना हुन लाग्यो । तर आयोजनाले अझै राय पाउन सकेको छैन । गत पुस १६ मा मार्गदर्शनका लागि पठाए पनि समयमै राय नपाउँदा आयोजना ढिलाइ हुने खतरा बढेको नेपाली सेनाले जनाएको छ ।

सेनाको व्यवस्थापनमा निर्माणाधीन आयोजनाले आफैं कन्सल्टेन्टमार्फत ईपीसी डकुमेन्ट बनाएर कार्यालयमा पेस गरेको थियो । कार्यालयले अझै राय नदिएको सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए । ‘कार्यालयले राय दिन एक हप्ता भन्दाभन्दै लामो समय लगाइसकेको छ,’ उनले भने, ‘जसले गर्दा प्रोजेक्ट ढिला हुने अवस्था बन्दै छ ।’ आयोजनाको विभिन्न खण्डमा जटिल कामका रूपमा रहेको सुरुङ निर्माण गर्नुपर्नेछ ।

महादेवटारमा ३ दशमलव ३५५ किमि, धेद्रेमा १ दशमलव ६३० र लेनडाँडामा १ दशमलव ४३० किमि सुरुङ खन्नुपर्नेछ । त्यस्तै ८७ वटा पुल निर्माण गर्नुपर्नेछ । ‘यसमा कार्यालयको सहमति लिन खोजेका हौं,’ पौडेलले भने, ‘यसबारे हामीले छलफल गरेर सबै जानकारी गराइसकेका छौं ।’ कार्यालयले डकुमेन्ट बनाइदिएको भए आयोजनाले राय लिन यति समय कुर्न नपर्ने उनको भनाइ छ । ईपीसी भनेको सर्भे डिजाइनको काम बिडरबाटै गर्ने गरी तयार गरिएको डकुमेन्ट हो ।

फास्ट ट्र्याकमा मात्र होइन, सरकारकै लगानीमा बन्न लागेको सिद्धबाबा सुरुङमार्गमा पनि यही समस्या दोहोरिएको छ । सडक विभागले खरिद कार्यालयमा रायसुझाव मागेको लामो समय भइसकेको छ । तर अहिलेसम्म स्वीकृत नभएको विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए । ‘नेपाल सरकारको ईपीसी मोडलमा जाने स्ट्यान्डर्ड डकुमेन्ट छैन,’ उनले भने, ‘त्यसैले सिद्धबाबाका लागि आफैंले स्ट्यान्डर्ड डकुमेन्ट बनाएर धेरै पहिल्यै पठाएका हौं, अहिलेसम्म स्वीकृत भइसकेको छैन ।’ विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) का प्रोजेक्ट हुँदा अन्तर्राष्ट्रिय स्तरका डकुमेन्ट तयार गरेर काम गर्ने गरिएको छ । ‘तर सिद्धबाबा सुरुङ नितान्त नेपाली पैसामा बनाइने भएकाले आफ्नै डकुमेन्ट चाहिएको हो,’ उनले भने, ‘त्यसैले ठूला आयोजनाका लागि ईपीसी डकुमेन्ट अत्यावश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here