Home News प्रजातन्त्र संगै जन्मेकी पुर्वरानी Komal Shah को जन्मदिन पार्टीमा १ हप्ता सँगै,...

प्रजातन्त्र संगै जन्मेकी पुर्वरानी Komal Shah को जन्मदिन पार्टीमा १ हप्ता सँगै, Paras Himani reunion

243
0

प्रजातन्त्र संगै जन्मेकी पुर्वरानी Komal Shah को जन्मदिन पार्टीमा १ हप्ता सँगै,Paras Himani reunion

याे समचार पनि पढ्नुहोस्
२०६२/६३ को दोस्रो जनआन्दोलनको अन्त्यतिर देखा परेको विशाल जनसमूहको स्मरण गराउने गरी सडकमा उपस्थित दलहरूका नेता–कार्यकर्ता र नागरिकहरूका लागि अहिले कोरोनाभन्दा भयावह निरंकुशताको जोखिम भएको छ ।

अर्कातर्फ पञ्च र्‍यालीको नयाँ अवतारझैं भएर प्रधानमन्त्री केपी ओली पक्षका सभा–जुलुसहरू पनि आयोजित भैरहेका छन् । नारायणहिटी दरबारलाई पृष्ठभूमि पारी राजा महेन्द्रको सालिकतर्फ फर्केर गरिएको प्रधानमन्त्री ओलीको भाषण सांकेतिक थियो । कतिले त त्यो दिन उनले हिन्दु राज्यकै घोषणा गरिदेलान् कि भन्ने पनि अनुमान गरेका थिए र त्यसो नगरेकामा किञ्चित् राहतको सास फेरेका थिए । तर सर्वोच्च अदालतमा ओलीका पक्षमा बहस गरिरहेका एक वकिलले उनलाई श्री ३ र श्री ५ सरह अधिकार रहेको ठाडो जिकिर गरेपछि केहीअघि भाइरल भएको श्रीपेच धारण गरेका ओलीको कार्टुन चित्र अहिले सजीव हुँदै चलमल गरिरहेको चर्चा चल्न थालेको छ ।

ओली शासनको विरोधमा राजनीतिक दलहरू मात्र होइन, नागरिक आन्दोलन पनि रचनात्मक कार्यक्रमहरूसहित उपस्थित छ । यसले सुरुदेखि नै युवा र महिला रचनाकर्मीहरूको उल्लेख्य सहभागितामा विभिन्न जाति–जनजातिको भाषिक, सांस्कृतिक पहिचान र उनीहरूको उत्पीडनको आवाजप्रति ध्यानाकर्षण गराएको छ । यसले नेपालका बौद्धिक जगत् र स्रष्टाहरूको साथ पाएको छ । पितृसत्ता र उच्च जाति–अहंकारविरुद्ध आन्दोलित वर्तमानको ध्वजावाहक ऐक्यबद्धता पनि हुन पुगेको छ यो ।

नेपालको इतिहासमा नागरिक आन्दोलनको पहिलो पदचापलाई पहिल्याउने क्रममा यो ती सहिदहरूको विरासतको जिम्मेवारी वहन गर्न तत्पर भएको छ जसको नागरिक अवज्ञाले राणाशाहीविरुद्ध क्रान्तिको उद्घोष गरेको थियो । विगतको होस् या भविष्यको, यसले हरेक प्रतिगमनको विरोध गर्ने संकल्प लिएको छ र प्रतिगमनको विरोध गरिरहेका दलहरूका गलत क्रियाकलापप्रति पनि आलोचक दृष्टि राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here