Home News चि,हान खन्ने झा*क्रीको थानमा थुक्ने मान्छे को हो ? झाक्रीलाइ कसको ष*ड्यन्त्र...

चि,हान खन्ने झा*क्रीको थानमा थुक्ने मान्छे को हो ? झाक्रीलाइ कसको ष*ड्यन्त्र हो? हेर्नुस डर*लाग्दो रह*स्य

257
0

चि,हान खन्ने झा*क्रीको थानमा थुक्ने मान्छे को हो ? झाक्रीलाइ कसको ष*ड्यन्त्र हो? हेर्नुस डर*लाग्दो रह*स्य

याे समचार पनि पढ्नुहोस्
वैकल्पिक राजमार्गको नाम दिई सुरु भएको यो सडकलाई पछिल्लो समय मदन भण्डारी राजमार्ग नामकरण गरिएको छ। एकातिर मधेस आन्दोलन अर्कोतर्फ पूर्वी बाँध फुटेपछि सरकारले वैकल्पिक राजमार्गको कामलाई निरन्तर अघि बढायो। पूर्वी नेपालको आर्थिक विकासमा प्रत्यक्ष प्रभाव पार्ने निर्माणाधीन मदन भण्डारी राजमार्गलाई धेरैजसोले मधेस आन्दोलनको उपज हो भन्ने गरेका छन्। अधिकारकर्मी सुमन परियार भन्छन्, ‘सायद मधेस आन्दोलन नभएको भए यो सडक बन्ने थिएन।’

‘सधैंजसो बन्द हडतालले सडक अवरुद्ध भएपछि जनता आजित थिए’, उनले भने, ‘त्यही बेला सरकारले विकल्प दियो, जसलाई अहिलेसम्म निरन्तरता दिइएको छ।’ नेकपाका नेता शम्भु पौडेलको बुझाइ पनि त्यही छ। उनी भन्छन्, ‘यो सडक मधेस आन्दोलनको वरदान हो, हामीले धन्यवाद दिनैपर्छ, जसले यति धेरै विकासको मुहार फेरिदियो।’‘आन्दोलन सायद नहुन्थ्यो भने यो सडकको कल्पना हुँदैनथ्यो’, उनी भन्छन्, ‘जनताले विकास चाहे पनि सरकारको प्राथमिकतामा परेन भने केही हुन्न, त्यसैले महेन्द्र राजमार्गको विकल्प खोज्दा यो धेरै छिटो बन्यो।’

सरकारको प्राथमिकतामा रहेकै कारण राजमार्गको कामले तीव्रता पाएको छ। सडक निर्माणको रेखदेखको जिम्मा पाएको मदन भण्डारी राजमार्ग पूर्वी क्षेत्र आयोजना कार्यालयले भने ‘क्यालेन्डर डे’ बनाई दैनिक काम गर्ने गरेको छ।

क्यालेन्डरका आधारमा दैनिक प्रगति हासिल गर्ने गरी निर्माण कार्य भइरहेको राजमार्गको पूर्वी खण्डको भौतिक प्रगति ८५ प्रतिशतमा पुगेको आयोजनाका इन्जिनियर सूचना अधिकारी शंकर पौडेलले बताए। धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली हुँदै हेटौंडा जोड्ने राजमार्गअन्तर्गत पूर्वी खण्ड उदयपुरको चौदण्डीगढी नगरपालिका–४ वसाहादेखि सिन्धुलीको भिमानसम्मको एक सय ३४ किलोमिटरमध्ये १ सय किलोमिटरमा कालोपत्रे गर्ने काम सम्पन्न भएको उनले बताए।

उदयपुरको विकास निर्माणमा महत्त्वपूर्ण भूमिका रहेको राजमार्ग पूर्वी सिमाना सप्तकोसीदेखि पश्चिमसम्म महाभारत पहाडको तल्लो भागबाट निर्माण भइरहेको छ। पौडेलका अनुसार भिमान–बसाहा खण्ड थपिएका १२ पुलबाहेक आगामी वैशाख महिनाभित्र सम्पन्न हुनेछ। सुस्त गतिमा अघि बढेको आयोजना पछिल्लो केपी शर्मा ओली नेतृत्वको सरकार आएलगत्तै राष्ट्रिय महत्त्वका योजनाको रूप दिँदै दु्रत गतिमा अघि बढेको आयोजना कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here