Home News भ*र्खरै आयो दुखद् खबर, पुरै सडक छेकेर प्रह*रीको गाडी र प्रह*रीहरूमाथि आ’क्रमण,...

भ*र्खरै आयो दुखद् खबर, पुरै सडक छेकेर प्रह*रीको गाडी र प्रह*रीहरूमाथि आ’क्रमण, स्थिति तना’वग्रस्त

4418
0

भ*र्खरै आयो दुख*द् खबर, पुरै सडक छेकेर प्रह*रीको गाडी र प्रह*रीहरूमाथि आ’क्रमण, स्थिति तना’वग्रस्त

याे समचार पनि पढ्नुहोस्
राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको पूर्वी क्षेत्र वसाहा–भिमान खण्डमा थप १२ वटा पक्की पुल निर्माण हुने भएको छ। राजमार्ग निर्माणको प्रारम्भिक सर्वेक्षणमा छुटेका विभिन्न १२ वटा खोलामा विस्तृत विवरण लिई आयोजनाले पक्की पुल निर्माणका लागि प्रक्रिया अघि बढाएको हो। आयोजनाअन्तर्गत अहिलेसम्म पूर्वी क्षेत्रमा ४३ वटा पक्की पुल बनिसकेको छ।

छुटेका १२ वटा पुल पनि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइसकेको इन्जिनियर शिव तिमल्सिनाले बताए। अबको ३३ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी भ्याटसहितको एक अर्ब ४२ करोड ७० लाख २७ हजार ५० रुपैयाँको लागतमा तीनवटा कम्पनीसँग सम्झौता भएको छ। आयोजना समयमै सम्पन्न गर्न १२ वटा पुलका लागि तीनवटा छुट्टाछुट्टै प्याकेज बनाई फरक–फरक कम्पनीसँग सम्झौता गरी निर्माणको काम अगाडि बढाइएको इन्जिनियर तिमल्सिनाले बताए। उनका अनुसार पहिलो प्याकेजका पधेँरे खोला, सुखानिका, थनाहा, थपर र रातु खोला गरी पाँचवटा पुल निर्माणका लागि कुल ५४ करोड ३७ लाख २० हजार ६ सय रुपैयाँको लागतमा लुम्बिनी समानन्तर जेभी काठमाडौंसँग जेठ १६ गते ठेक्का सम्झौता भएको छ।

त्यसैगरी दोस्रो प्याकेजअन्तर्गत आमा खोला, मौवासी, असारी र खैराहाझोडा गरी चारवटा खोलाका लागि ५० करोड ४१ लाख ७५ हजार सात सय ५० रुपैयाँको लागतमा शर्मालामा जेभी काठमाडौं सीतापाइलासँग जेठ १५ गते सम्झौता भएको छ। तेस्रो प्याकेजअन्तर्गत ज्यामिरे खोला, लामा र सुन्दरी खोलामा ३७ करोड ९१ लाख ३० हजार सात सय रुपैयाँ लागतमा काम सम्पन्न गर्ने गरी सपना हिमदुङ एन्ड ठोकर निर्माण कम्पनीसँग जेठ १५ गते सम्झौता भएको इन्जिनियर तिमल्सिनाले बताए।

राजमार्गको वसाहा–भिमान खण्डमा सडकको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगिसक्दासमेत त्यस क्षेत्रका १२ वटा खोलामा पुल अनिश्चित हुँदा वर्षातको समयमा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको थियो। खोलामा पानीको बहाव बढेसँगै यातायातका साधन र सर्वसाधारणको आवागमन अवरुद्ध हुँदै आएको थियो। निर्माणाधीन मदन भण्डारी राजमार्गको पूर्वी खण्डले उदयपुरको वेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिका तथा उदयपुरगढी र रौतामाई गाउँपालिकालाई छोएको छ। कटारीबाट सिन्धुलीको दुधौली र कमलामाई नगरपालिका हुँदै हेटौंडा जोडिने राजमार्गलाई भित्री मधेसको लाइफलाइनका रूपमा हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here