Home News भार*तीय र चि’नियाँ से*नाबीच भएको झ*डपको भिडियो फु’टेज सार्वजनिक (भिडियो सहित हेर्नुहोस्)

भार*तीय र चि’नियाँ से*नाबीच भएको झ*डपको भिडियो फु’टेज सार्वजनिक (भिडियो सहित हेर्नुहोस्)

3230
0

भार*तीय र चि’नियाँ से*नाबीच भएको झ*डपको भिडियो फु’टेज सार्वजनिक

याे समचार पनि पढ्नुहोस्
२०६५ भदौ २ गते पूर्वी नेपालका जनताको मानसपटलमा अझै ताजा स्मरण छ। जुन दिन पूर्वी नेपाल छुट्टै राज्यजस्तो भएको थियो। सप्तकोसीबाट बस्ती जोगाउन लगाइएको तटबन्ध सुनसरीको पश्चिम कुसाहा भानटाबारी नजिकबाट फुटेपछि झन्डै पाँच महिनाका लागि पूर्वी नेपाल अलग बनेको थियो।

सात हजारभन्दा बढी घरका ४२ हजारभन्दा बढी मानिस विस्थापित भए। पाँच हजार हेक्टरभन्दा बढी जमिन बालुवामा परिणत भयो। १२ किलोमिटर कालोपत्रे सडक र १३ किलोमिटर कच्ची सडक बगाउँदा लामो समयसम्म यातायात अवरुद्ध भयो। सप्तकोसी पूर्व र पश्चिम आवतजावत गर्न कि भारतको बाटो कि त ज्यानको बाजी थापेर डुंगाको यात्रा गरेर जानुपर्ने बाध्यता आइलाग्यो।

यसबीचमा २०६३ साल माघ १ गतेबाट सुरु भएको मधेस आन्दोलन थप सशक्त बन्दै गयो। आन्दोलन चर्किरहँदा महिनौं दिनसम्म तराई बन्द रहे। पूर्वपश्चिम महेन्द्र राजमार्ग आन्दोलनले ठप्प मात्र भएन, दिनदिनै असुरक्षित रह्यो। दैनिकजसो गाडी फुटाउने र जलाउने काम भए। सबै आवागमन ठप्प भएपछि सरकार र जनता विकल्पको खोजीमा उभिए। त्यहीबीचमा पूर्वी क्षेत्रलाई राजधानी र पश्चिम क्षेत्रसँग जोड्ने गरी सुनसरीको चतराघाटबाट उदयपुरको गाईघाट–कटारी–सिन्धुली–हेटौँडासम्मको सडक सुरु गर्ने सरकार निर्णयमा पुग्यो।

वैकल्पिक राजमार्गको नाम दिई सुरु भएको यो सडकलाई पछिल्लो समय मदन भण्डारी राजमार्ग नामकरण गरिएको छ। एकातिर मधेस आन्दोलन अर्कोतर्फ पूर्वी बाँध फुटेपछि सरकारले वैकल्पिक राजमार्गको कामलाई निरन्तर अघि बढायो। पूर्वी नेपालको आर्थिक विकासमा प्रत्यक्ष प्रभाव पार्ने निर्माणाधीन मदन भण्डारी राजमार्गलाई धेरैजसोले मधेस आन्दोलनको उपज हो भन्ने गरेका छन्। अधिकारकर्मी सुमन परियार भन्छन्, ‘सायद मधेस आन्दोलन नभएको भए यो सडक बन्ने थिएन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here