Home News चन्द्रमा र एलियनका रह*स्यहरुको खोजपछि, चन्द्रमालाई शुक्रबाट कसरी चो*रियो The Moon Is...

चन्द्रमा र एलियनका रह*स्यहरुको खोजपछि, चन्द्रमालाई शुक्रबाट कसरी चो*रियो The Moon Is A Amazing

314
0

चन्द्रमा र एलियनका रह*स्यहरुको खोजपछि, चन्द्रमालाई शुक्रबाट कसरी चो*रियो The Moon Is A Amazing

याे समचार पनि पढ्नुहोस्
प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डामा कांग्रेसलाई अगाडि बढाउनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको दबाबका बाबजुद सभापति शेरबहादुर देउवा निर्वाचनमै जोडबल गरिरहेका छन् । यही विषयलाई लिएर सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच सार्वजनिक मञ्चबाटै जुहारीसमेत चल्न थालेको छ ।

प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पौडेल र सिटौला दुवै आक्रामक छन् । देउवा भने सुरुदेखि नै ओलीप्रति नरम छन् । देउवाले फागुन ३ मा भैरहवामा भएको विरोधसभामा चुनावको तयारी नगरेको भन्दै निर्वाचन आयोगका पदाधिकारीमाथि नै आक्रोश पोखेका थिए । वैशाखमा निर्वाचन हुने सुनिश्चितता आयोगले आम जनतालाई दिनुपर्ने देउवाको भनाइ थियो । प्रतिनिधिसभा पुनःस्थापनाको आवाजलाई कमजोर बनाउन अदालतमा विचाराधीन मुद्दामा बोल्नु हुँदैन भनिरहेका देउवाले निर्वाचनको पक्षमा बोल्न भने हौसला दिइरहेका छन् ।

देउवाले किन चुनाव चाहिरहेका छन् त ? प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुवै परिस्थिति देउवाका लागि अनुकूल देखिन्छ । प्रतिनिधिसभा पुनःस्थापना हुँदा प्रधानमन्त्रीका लागि अन्य दलका नेताको तुलनामा उनकै प्रबल सम्भावना छ । नेकपा विभाजित हुँदा सरकार निर्माणमा कांग्रेस निर्णायक बन्नेछ । कांग्रेसलाई साथमा लिएर आ–आफ्नो गठबन्धन बनाउन नेकपाका दुवै समूह तल्लीन छन् । त्यसका लागि देउवालाई प्रधानमन्त्री पदका लागि दुवै समूहका नेताले ‘ग्रिन सिंग्नल’ दिइसकेका छन । यसैलाई संकेत गर्दै केही दिनअघि पौडेलले देउवाको ‘तालुमा आलु फलेको’ बताएका थिए । ‘पुनःस्थापना हुँदा पनि हुने म होइन । उहाँ (देउवा) नै हो, किन पुनःस्थापनाको विरोध गर्ने ?’ पौडेलको भनाइ थियो । प्रधानमन्त्री बन्ने भए पनि देउवाको रोजाइ भने पुनःस्थापनाभन्दा निर्वाचनमै छ ।

निकट नेताहरूका अनुसार देउवाले निर्वाचनको पक्ष लिनुका पछि दुई मनोविज्ञानले काम गरेको छ । पुनःस्थापना भए फुटिसकेको नेकपा फेरि मिल्न सक्ने बुझाइ देउवामा देखिन्छ । तत्काल नभए पनि फुटको दुई वर्ष (निर्वाचनसम्म) मा नेकपाका दुवै पक्षले आफ्नो हैसियत बुझेर मिल्न सक्ने उनको अड्कल छ । नेकपामा विभाजनले चरम द्वन्द्व चर्किरहेका बेला निर्वाचन हुन सके कांग्रेसले बहुमत ल्याउन सक्ने विश्वास देउवाले राख्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here