Home News पाइलट हुन हिम्-मत वाली युबती | भोलि जिल्ला जाने तयारी | ज्ञानेन्द्र...

पाइलट हुन हिम्-मत वाली युबती | भोलि जिल्ला जाने तयारी | ज्ञानेन्द्र शाहिको पनि समर्थन रहने

1654
0

पाइलट हुन हिम्-मत वाली युबती | भोलि जिल्ला जाने तयारी | ज्ञानेन्द्र शाहिको पनि समर्थन रहने

याे समचार पनि पढ्नुहोस्
घर सिमेन्ट र इँटाको संरचना मात्रै होइन। घरलाई पूर्णता दिन सजावटको महत्व उत्तिकै हुन्छ। परम्परागत घर कमेरो र रातोमाटोले रंग्याउने चलन थियो। अचेल विभिन्न प्रकारका रङ उपलब्ध छन्। अझ भित्री भित्ता र पर्खालमा त पछिल्लो समय वालपेपरले स्थान ओगट्दै आएको छ।

घर मात्रै होइन, अफिस, होटल, रेस्टुरेन्ट लगायतको सजावटमा पनि वालपेपर चलन बढिरहेको घरायसी सामग्री वितरक कम्पनी एभ्रिघर प्रालिका निर्देशक राजेश ढकाल बताउँछन्। ‘नयाँ बनेका घरमा अचेल एउटा मात्र कोठामा भए पनि वालपेपर लगाउन थालेका छन्,’ ढकालले भने, ‘अफिस, होटल, रेस्टुरेन्टमा त यसको माग धेरै नै छ।’

वालपेपरको मुख्य विषेशता भित्ता आकर्षक देखाउनु नै हो। विशेषगरी लिभिङ रूम सजाउन वालपेपर प्रयोग गरिन्छ। ढकालका अनुसार वालपेपर लगाउँदा इन्टेरियर डिजाइनरको सल्लाह लिनु उपयुक्त हुन्छ। ‘कोठाको फर्निचर, सिलिङ र फ्लोरिङले पनि कोठाको सौन्दर्यमा फरक पारेको हुन्छ। तिनको रङअनुसार मिल्ने गरी वालपेपर लगाउनुपर्छ,’ ढकालले भने, ‘साधारण गुणस्तरको रङभन्दा वालपेपरले आरामदायी कोठा निर्माणमा सहयोग पुर्‍याउँछ र सुन्दरता बढाउँछ।’

वालपेपर विभिन्न रङ, बुट्टा र प्रकारमा पाइन्छ। हामीकहाँ सामान्यतया इँटा, ढुंगा, काठ, मार्वल, जीव–जनावर, प्राकृतिक दृष्यलगायत एक सयभन्दा बढी प्याटर्न (बुट्टा) भएका रेडिमेड वालपेपर उपलब्ध छ। यसको मूल्य मोटाइअनुसार फरक पर्ने भए पनि हाम्रो बजारमा सामान्यतया एकै आकारको पाइन्छ।

बजारमा यस्ता वालपेपर रोलका हिसाबले किन्न पाइन्छ। एक रोल वालपेपर ५७ वर्गफिटको हुन्छ। यो सबभन्दा सानो र चल्तीको आकार हो। यसमा वालपेपरको बुट्टा मिलाउँदा करिब ७ वर्गफिट बराबर खेर जाने हुन्छ। एक रोल वालपेपर सात फिट लम्बाइ र सात फिट चौडाइको कोठामा लगाउन पुग्छ। कोठा ठूलो भएमा रोल थप्नुपर्छ। एक सय वर्गफिट क्षेत्रफल भएको भित्तामा दुई रोल वालपेपर आवश्यक पर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here