Home News अनिता खड्काको छिमेकीको झन् द*र्दनाक अव’स्था,अस्प*तालमै चल्यो रुवाबा*सी,15 महिना देखि बि*जोक (कृपया...

अनिता खड्काको छिमेकीको झन् द*र्दनाक अव’स्था,अस्प*तालमै चल्यो रुवाबा*सी,15 महिना देखि बि*जोक (कृपया से’यर गराै)

1040
0

अनिता खड्काको छिमेकीको झन् द*र्दनाक अवस्था,अस्प*तालमै चल्यो रुवाबा*सी,15 महिना देखि बि*जोक अवस्था (कृपया सहयोग स्वरुप सेयर गराै)

याे समचार पनि पढ्नुहोस्
अस्थायी डाइभर्सनबाट सुरुङ मुख्य गेटसम्म २ सय ७० मिटरमा पानी पठाउन तयार पारिएको स्विच थिच्न मन्त्रीहरूबीच ठेलमठेलझैं देखियो । तीन मन्त्री मात्र होइन पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले पनि स्विच थिच्न बिर्सिएनन् । राजधानीसँग जोड्ने साढे २६ किलोमिटरको मुख्य सुरुङमार्गमा पानी हालेर पुनः परीक्षण सुरु गरिएको हो । बाँध फुट्ने डरले थोरै दूरीमा मात्र पानी पठाइएको हो । यो पहिलो परीक्षण भने होइन ।

गत असार २१ को पहिलो परीक्षण प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्विच थिचेरै गरेका थिए । तर सोमबारको कार्यक्रम हेर्दा पहिलो पटक नै उद्घाटन गरिएको भान हुन्थ्यो ।पहिलो परीक्षण क्रममा हेलम्बु–१ अम्बाथानस्थित मुहानको मुख्य अडिट (‘जिरो चेनेज’ देखि ८ सय मिटर) मा पानी पठाइएको थियो । तर बाँधको ढोका फुटेपछि परीक्षण रोकियो । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले स्वतन्त्र विज्ञको सल्लाहअनुरूप प्राविधिक तयारी सकेपछि पुनः परीक्षण गरिएको हो ।

सुरुवाती चरणमा दैनिक १७ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माण सकेको र हेडवर्क्सस्थलको संरचनालाई अन्तिम चरणमा पुर्‍याइसकेको आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले बताए । ‘हाललाई हेडवर्क्सस्थलभन्दा सय मिटरमाथिको अस्थायी बाँध जिरो चेनेजबाट डाइभर्सन टनेल हुँदै सुरुङमार्गमा पानी पठाइएको छ,’ उनले भने, ‘अन्तरिम व्यवस्थाअन्तर्गत पूरा पानी प्रवाह हुने भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौं पुग्नेछ ।’ गत असार २१ बाट परीक्षण सुरु गरिएकोमा असार ३० गते गेट नम्बर १७ पानीको वेगले फुट्दा एक इन्जिनियर र चालकलाई बगाएको थियो । घटनापछि मुख्य दातृ निकाय एसियाली बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चार जना विशेषज्ञको टोलीले संरचनाको अध्ययन गर्दै प्रतिवेदन तयार गरेको थियो ।

खानेपानीमन्त्री थापाले आयोजना अन्तिम चरणमा रहेकाले काठमाडौंका जनताले छिट्टै पानी पाउने दाबी गरे । ‘प्रधानमन्त्रीज्यूले पनि गौरवका आयोजना आफ्नै कार्यकालमा सफल गर्छु भन्ने दृढ इच्छा राख्नुभएको छ,’ उनले भने, ‘हाम्रो पार्टीमा विवाद नहुँदासम्म त्यस खालको इच्छा थियो, अहिले पनि उहाँको सोच केही न केही नयाँ गरेर जाने भन्ने नै छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here