Home News न्याय नपाए खु*कुरी बोक्न बाध्य हुनेछौं, प्रह*रीले सत्य लुकाउने मेरो मोबाईल जर्ब*जस्ती...

न्याय नपाए खु*कुरी बोक्न बाध्य हुनेछौं, प्रह*रीले सत्य लुकाउने मेरो मोबाईल जर्ब*जस्ती खोस्यो । Urlabari

606
0

न्याय नपाए खु*कुरी बोक्न बाध्य हुनेछौं, प्रह*रीले सत्य लुकाउने मेरो मोबाईल जर्ब*जस्ती खोस्यो । Urlabari

याे समचार पनि पढ्नुहोस्
जनताको चाहना राज्यव्यवस्थाले राष्ट्र र सम्पूर्ण देशवासीको हितलाई उच्चतम आदर्श मानोस् भन्ने हुन्छ। प्रत्येक नेपालीले प्राथमिकताअनुसार क्रमशः गाँस, वास, कपास, सुरक्षा, स्वास्थ्य, शिक्षा, प्रजनन अधिकार, अभिव्यक्तिको स्वतन्त्रता यी आठ आवश्यकता पूर्तिमा राज्यले अवलम्बन गरेको नीतिले सहयोगी भूमिका खेलेको महसुस गर्न पाउनुपर्छ।

सबै सक्षम जनतालाई यी आवश्यकता पूर्तिका माध्यमका रूपमा कृषि, उद्योगधन्दा, सेवा सञ्चालन वा वैतनिक रोजगारको मौकाको उपलब्धता र शारीरिक वा मानसिक वा उमेर वा अन्य कारणले यस्ता गतिविधिमा संलग्न हुन नसक्नेलाई न्यूनतम आवश्यकता पूर्ति हुने आर्थिक राहतको व्यवस्था। यो बाँच्न पाउने मानव अधिकारको अभिन्न अंग हो। व्यक्तिको समष्टि समाज भएकाले सिंगै समुदायको हितमा गरिएका कामबाट आम नागरिक लाभान्वित हुन्छन्। समाजवादउन्मुख राज्य व्यवस्थाले पनि यो तथ्यको हेक्का राख्नुपर्ने हुन्छ

समाजवादी अर्थव्यवस्था भन्नाले कतिले ठूलो भाँडोबाट पस्किएर पुगे चौरासी व्यञ्जन इच्छानुसार र नपुगे खोलेको रैबन्दी खाने व्यवस्था सम्झिन्छन्। यस्तो बुझाइ हुनुमा त्यस्तो आर्थिक व्यवस्थाको सुरुवाती दिनमा सोभियत संघ, पूर्वीयुरोप, चीनजस्ता देशमा देखिएको अभ्यासका खबर हुन्। यस्तो अभ्यास भोजभतेर, सैनिक र प्रहरी मेस, बफे भोज, तालिम केन्द्र र छात्रावासका खानामा, वनभोज आदिका क्रममा नेपालमै पनि अभ्यासमा छन्। एकै भान्सामा खाने मानो नछुट्ट्याइएको परिवारमा त यस्तो व्यवस्था हुने नै भयो।

खानामा जस्तै व्यवस्था हुन सक्छ पोसाक, शिक्षा, स्वास्थ्य, आवास, रोजगार, उत्पादन, वितरण, खेलकुद, दैवीप्रकोप, समाजसेवा, धर्म, भाषा, पर्यटन, साहित्य, विचार, शान्ति, युद्ध आदिमा। परिपक्वतासँगै समाजवादले यस्तो परिपाटीलाई धेरै हदसम्म त्यागिसकेको छ; जसको उदाहरण हाम्रो छिमेकी देश चीनमा देख्न सकिन्छ। अहिले कार्यस्थलको अनुशासन र पेसागत आवश्यकता वा एकरूपताले मागेको हदसम्म मात्रै यस्तो समानता खोजिन्छ र यस्तो विशेषता खुला अर्थतन्त्र भएका पुँजीवादी समाजमा पनि अपनाइन्छ। निजी स्वामित्वसित सहअस्तित्वमा रहने समाजवादउन्मुखताले सबै नेपालीलाई दिने भनेको उत्पादनका साधनमा पहुँच र व्यक्तित्व निर्माणको अवसर हो।

समाजवादका नाममा हुने सबै गतिविधि समाजवादी हुँदैनन्। ‘सामाजिक न्याय’, ‘विकास’ र अहिले ‘स्मार्ट’ का नाममा नेपालमै भएका विकृतिका केही प्रतिनिधि उदाहरणले यसको पुष्टि गर्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here