Home News अपिल त्रिपाटी खै ? नयाँ टिभीमा रबि लामिछानेसंगै राजेश हमाल, रमेश प्रसाई,...

अपिल त्रिपाटी खै ? नयाँ टिभीमा रबि लामिछानेसंगै राजेश हमाल, रमेश प्रसाई, दिपकराजको एकै साथ इन्ट्री

501
0

चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले नयाँ टेलिभिजन ‘ग्यालेक्सी टेलिभिजन फोर के’ ल्याउने घोषणा गरेका छन् । राजधानीको तारे होटल म्यारिअटमा उनले टेलिभिजन लन्च गरे ।पत्रकार सम्मेलनमा टेलिभिजनले प्रसारण गर्ने लाइनअप पनि सार्वजनिक गरिएको छ । जसमा अभिनेता राजेश हमालले होस्ट गर्ने ‘को बन्छ करोडपति’ देखि दीपकराज गिरीको ‘क्राइम प्याट्रोल’ सम्म छन् ।सामाजिक अभियन्ता रमेश प्रसाइँले ‘लाल मोहर’ नामक टकसो चलाउने भएका छन् ।

आफ्नो टकसो नेता केन्द्रितभन्दा भुइँमान्छे लक्षित हुने उनले बताए । विगतमा एपीवान टिभीमा प्रसारण भएको को बन्छ करोडपछि अब ग्यालेक्सी टिभीमा प्रसारण हुने भएको छ ।हमाल र गिरीले आफूहरुले संचालन गर्ने कार्यक्रमको पोस्टर अनावरण उक्त अवसरमा गरे । राष्ट्रिय आविष्कार केन्द्रका संचालक डा. महावीर पुनले इनोभेसन सम्बन्धी कार्यक्रम होस्ट गर्ने भएका छन् । उनकी व्यवस्थापक मीरा पोखरेलले यो कार्यक्रमले बैज्ञानिक उत्पादन गर्ने जानकारी दिइन् ।इन्दिरा जोशी, न्यूह बज्राचार्य र कालिप्रसाद बाँस्कोटा निर्णायक रहने सांगीतिक रियालिटी सो ‘सारेगमाप लिटल च्याम्पियन’ पनि प्रसारण हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here