Home News प्रशासनले खुलेआम दला*ली गर्यो भन्दै पी*डित परिवार आक्रो*शित, दो*षी प्रह*रीलाई छोड्नु हुन्न...

प्रशासनले खुलेआम दला*ली गर्यो भन्दै पी*डित परिवार आक्रो*शित, दो*षी प्रह*रीलाई छोड्नु हुन्न । (न्यायकाे लागि सेयर गराै)

920
0

प्रशासनले खुलेआम दला*ली गर्यो भन्दै पी*डित परिवार आक्रो*शित, दो*षी प्रह*रीलाई छोड्नु हुन्न । (न्यायकाे लागि सेयर गराै)

याे समचार पनि पढ्नुहोस्
कोसी लोकमार्गमा गुडिरहेको एउटा बसलाई ट्राफिक प्रहरीका सहायक निरीक्षक (असइ) तुलामणि आचार्यले विराटनगरको ढाटमा रोकेर चालकलाई तत्कालै नमस्कार गरे। सधैँ नियम पालना भएन भनेर कराउने ट्राफिकले नमस्कार गर्दा चालक छक्क परे। आनाकानी गर्दै उनले नमस्कार फर्काएपछि असइ आचार्यले अबदेखि ‘प्रेसर हर्न नबजाइदिनू ल’ भन्दै आग्रह गरे। हुन्छ भन्ने जवाफ दिएर चालक आफ्नो गन्तव्यतिर लागे।

हर्न बजाउँदै आएको एउटा ट्रकलाई पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत मोरङको विराट चोकमा असइ किशोर निरौलाले रोके। ट्राफिकले रोकेपछि डराएजस्तो देखिएका चालकलाई निरौलाले नमस्कारसहित आग्रह गर्दै भने, ‘तपाईले अबदेखि यसरी हर्न बजाउन पाउनु हुन्न। जथाभावी हर्न नबजाउनू होला।’ सडकमा गुड्ने अन्य सवारीका चालकलाई पनि उनी यसरी नै सम्झाईरहेका थिए।

ट्राफिकका असइ धमेन्द्र राजवंशी विराटनगर–रंगेली सडक खण्डमा चल्ने सवारी साधनहरुलाई मोरङको कर्सियामा रोक्दै आपतकालीन अवस्थाबाहेक हर्न बजाउन नपाइने कुरा चालकलाई सम्झाईरहेका थिए। दुई हात जोडेर उनले नियम नमाने कारबाही हुने कुरा स्मरण गराइरहँदा अबदेखि जथाभावी हर्न बजाउँदैनौं भनेर चालकले प्रतिबद्धता जनाए।

विराटनगरको कञ्चनबारीमा हवल्दार छवि खतिवडा सवारी चालकलाई हर्न सम्बन्धी नियमका बारेमा जानकारी दिइरहेका थिए। ट्राफिकले रोक्ने बित्तिकै सडकमा नियम पो उल्लंघन गरियो कि भनेर सशंकित बनेका चालकलाई खतिवडाले अब जथाभावी हर्न बजाउन पाइने छैन भनेर हार्दिकताका साथ आग्रह गरे। अटेर गरेमा सजाय गर्नै पर्ने उनको भनाइ थियो।

निरौला, आचार्य, राजवंशी र खतिवडाजस्तै प्रदेश १ मा रहेका ९२ वटै युनिटमा कार्यरत ट्राफिक प्रहरी यतिबेला जथाभावी हर्न बजाउन नपाइने कुरा चालकलाई सम्झाउन सडकमा व्यस्त छन्। बजाएमा कारबाही हुने भनेर सचेत पनि गराइरहेका छन्। नमस्कारका साथमा सडकमा ट्राफिकले आग्रह गर्दा चालकले सहज रुपमा स्वीकार गर्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here