Home News उर्लाबारी अपडेट:पत्रकार सम्मेलन राखेरै प्र-हरिले सार्-बजनिक गर्‍यो आफ्नो निर्णय | हेर्नुहोस (भिडियो...

उर्लाबारी अपडेट:पत्रकार सम्मेलन राखेरै प्र-हरिले सार्-बजनिक गर्‍यो आफ्नो निर्णय | हेर्नुहोस (भिडियो हेर्नुहोस्)

887
0

उर्लाबारी अपडेट:पत्रकार सम्मेलन राखेरै प्र-हरिले सार्-बजनिक गर्‍यो आफ्नो निर्णय | हेर्नुहोस (भिडियो हेर्नुहोस्)

याे समचार पनि पढ्नुहोस्
मुलुकमा अस्थिरता उत्पन्न हुने परिस्थिति निर्माणको खतरा बढ्नेबित्तिकै सबैको दृष्टि नेपाली सेनामा केन्द्रित हुन्छ। संघीय संसद् विघटन मुद्दाको फैसला नजिकिँदै गर्दा संकटकालका अड्कलबाजीले त्यसैको संकेत गर्छ। त्यसो त सर्वोच्च अदालतबाट जस्तो फैसला आयो भने पनि उत्पन्न हुनसक्ने अस्थिरताको आकलन सेनाले गरेको हुनुपर्छ।

कुनै दल वा व्यक्तिगत इच्छाकांक्षा परिपूर्ति गर्नेतिरभन्दा मुलुक र नागरिकका पक्षमा उभिनुपर्ने उसको जिम्मेवारी र दायित्व हुन्छ। बेलाबेलामा सेनालाई राजनीतिसँग साइनो गाँस्ने प्रयास गरिए पनि राष्ट्रिय सुरक्षा र स्वार्थको संरक्षण गर्ने जिम्मेवारीबाट विचलित भएको छैन। आशा गरौं– सर्वोच्चको फैसलापछि मुलुकले स्थिरताको नयाँ बाटो समात्नेछ।

नेपाली सेनाको विषयले प्रवेश पाउनेबित्तिकै सैनिक कल्याणकारी कोष सँगसँगै जोडिएर आउँछ। यो पनि उसको मौलिक पहिचान बनिसकेको छ; जसले बहालवाला र अवकाशप्राप्त सैनिक तथा तिनका आश्रित परिवारको बृहत्तर हित र सुनिश्चित भविष्यका निम्ति कोषको चार खम्बाका रूपमा स्वास्थ्य, शिक्षा, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियत अभियान सञ्चालन गर्दै आएको बताइन्छ। २०३२ सालमा एक करोड २४ लाख एक हजार रुपैयाँबाट स्थापना गरिएको सैनिक कल्याणकारी कोषमा २०७७ असार मसान्तसम्म ४५ अर्ब ८६ करोड ८० लाख पुर्‍याइएको छ। पाँच अर्ब ७४ करोड २४ लाख विभिन्न सेवा तथा आयमूलक क्षेत्रमा लगानी गरिएको कोषले जनाएको छ। लगानीको रकम जोड्दा कोषको सम्पत्ति ५१ अर्ब ६१ करोड चार लाख रुपैयाँ रहेको देखिन्छ। कोष सैनिक ऐन २०६३ र सैनिक कल्याणकारी कोष नियमावली २०६५ अनुसार सञ्चालित छ।

राष्ट्रसंघीय आह्वानमा विश्वको कुनै पनि भागमा शान्ति स्थापना गर्ने कार्यमा खटिएका नेपाली सेनाले सेवा गरेवापत प्राप्त हुने रकमबाट तोकिएबमोजिमको प्रतिशतले कट्टा गरेर जम्मा भएको रकमबाटै कल्याणकारी कोष स्थापना भएको हो। संसारका हरेकजसो मुलुकले आफ्ना सैनिक र उनीहरूमाथि आश्रित परिवारको स्वास्थ्य, शिक्षा र आवास सुविधाको जिम्मेवारी लिएका हुन्छन्।

त्यसैले सेनाको जागिरलाई आकर्षक मानिन्छ। तर नेपालमा यस्तो सुविधा राज्यले उपलब्ध गराउँदैन। सेनामा बहालवाला हुन् वा निवृत्त, स्वास्थ्य, शिक्षा र आवासको सुविधा आफैंले बेहोर्नुपर्छ। सैनिक कल्याणकारी कोष त्यसैको उपज हो। राज्यले गरिदिनुपर्ने काम कल्याणकारी कोषमार्फत सेना आफैंले गरेर पूर्व वा बहालवाला सैनिक र तिनको परिवारको भरणपोषणमा ठूलो टेवा पुर्‍याएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here