Home News घर भित्र बाट बा*घले मान्छे खा*एपछि तेह्रथुममा त*नाव ग्रस्त तुरुन्तै हेर्नुस् (भिडियो...

घर भित्र बाट बा*घले मान्छे खा*एपछि तेह्रथुममा त*नाव ग्रस्त तुरुन्तै हेर्नुस् (भिडियो हेर्नुहोस्)

1767
0

घर भित्र बाट बा*घले मान्छे खा*एपछि तेह्रथुममा त*नाव ग्रस्त तुरुन्तै हेर्नुस् (भिडियो हेर्नुहोस्)

याे समचार पनि पढ्नुहोस्
काठमाडौं अवतरण गर्ने क्रममा अग्ला–अग्ला हिमाल देखिँदा हाम्रो ग्रह पृथ्वी र यससँग मानिसको सम्बन्धबारे आश्चर्यमा नपर्ने सायदैकोही होलान् । यी हिमाली शृंखला हिन्दुकुश हिमालय क्षेत्रका २५ करोड र तल्लो तटीय क्षेत्रका थप १ अर्ब ६५ करोड मानिसहरूका लागि पानीका अमूल्य स्रोत हुन् ।

त्यसैले पनि, नेपाल जलवायु परिवर्तनको हिसाबले चौथो जोखिमयुक्त देश हो । हिमनदीहरू वर्षेनि ६० मिटरको दरले खुम्चिँदै छन्, जसले गर्दा हिमतालहरू बन्दै छन् र हिमताल फुटेर बाढी आउने सम्भावना बढेर गएको छ । मलाई थाहा छ, यस विषयलाई अपेक्षित महत्त्व दिने गरिएको छैन । संसारभरका सञ्चारमाध्यममा यसले त्यस्तो प्राथमिकता पाएको छैन । त्यसैले, यस महान् देशले सामना गरिरहेका जलवायुसम्बन्धी चापहरूबारे अझै राम्ररी बुझ्न गएको हप्ता मैले राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन, कोप–२६ को अध्यक्षको हैसियतमा नेपालको भ्रमण गरें ।

आगामी नोभेम्बरमा, संयुक्त अधिराज्यले कोप–२६ भनिने संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी महत्त्वपूर्ण वार्ताका लागि १९७ देशलाई ग्लासगो सहरमा स्वागत गर्नेछ । यो सन् २०१५ मा पेरिसमा भएको भेलापछिको सबैभन्दा महत्त्वपूर्ण वार्ता हो । पेरिसको वार्तामा पूर्वऔद्योगिक तहमै तापक्रम वृद्धिलाई २ डिग्री सेल्सियसभन्दा कममै सीमित गर्ने गरी काम गर्ने सहमति भएको थियो ।

कोप–२६ मा हामीले जलवायु परिवर्तनले साना देशहरूलाई पर्ने प्रभाव रोक्ने गरी काम गर्नुपर्छ । भूमण्डलीय औसतको तुलनामा दोब्बर दरले हिमालहरू तात्ने क्रमसँगै उच्च तापक्रम र जलवायु परिवर्तनले ल्याउने प्रकोपहरूको संख्या र सघनतामा समेत वृद्धि हुने अनुमान छ । यस्ता असरलाई सम्बोधन नगर्ने हो भने, तिनले न्यूनतम स्रोत–साधन भएका र अक्सर जलवायु परिवर्तन गराउन न्यूनतम भूमिका भएका मानिसहरूको जीवन र जीविकोपार्जनलाई असमानुपातिक तरिकाले जोखिममा पार्छन् । हुन पनि, नेपाल संसारकै सबैभन्दा कम प्रतिव्यक्ति कार्बन उत्सर्जन गर्ने राष्ट्रमध्येको एक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here