Home News विश्वका विज्ञहरु द्वारा ग्रेटर नेपालको पक्षमा वका*लत गर्न मन्जुर || रास्ट्र संघमा...

विश्वका विज्ञहरु द्वारा ग्रेटर नेपालको पक्षमा वका*लत गर्न मन्जुर || रास्ट्र संघमा इ*न्डिया बि*रुद्ध बहस (भिडियो हेर्नुहोस्)

218
0

विश्वका विज्ञहरुले ग्रेटर नेपालको पक्षमा ओकालत गर्ने इच्छा ब्यक्त गरे संगै यो मु*द्धालाई घनिभूत तवरले रास्ट्र संघको बैठकमार्फत किनारा लगाउन अनुकुल भएको मान्न सकिन्न्छ। राष्ट्र संघ पुगेका फणिन्द्र नेपालको नया योजना अब यसरि अगाडि बढ्दै छ

याे समचार पनि पढ्नुहोस्
पोखरा क्षेत्रीय विमानस्थल नजिकको रिठेपानी डाँडा कटानका लागि संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ। राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बिहीबारको बैठकले आगामी ६ महिनाभित्र डाँडा कटानको काम सकी समितिमा जानकारी गराउन निर्देशन दिएको हो।

क्षेत्रीय विमानस्थलको अनुगमनमा जाने क्रममा दक्षिणपूर्व भागमा रहेको रिठेपानी डाँडाले विमान अवतरणको क्रममा समस्या उत्पन्न गराउने देखेपछि डाँडा कटानको निर्देशन दिइएको समिति सचिव इन्द्रविलास पौडेलले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। डाँडा काट्ने सम्बन्धमा वन मन्त्रालयका सचिवसँगै छलफल गरिएको उनले जानकारी दिए।

‘विमानस्थलको हातामा पर्ने डाँडा काट्दा वनलाई के समस्या हुन्छ भनेर पनि सोधिएको थियो। वातावरणीय प्रभाव मूल्यांकन गरेर अघि बढ्न सकिने जानकारी पाइएको छ’, पौडेलले जानकारी दिए। यस्तै विमानस्थल क्षेत्रभित्र निर्माण गर्न लागिएको नेपाल आयल निगमको डिपो निर्माणको काम पूरा गरी समितिलाई जानकारी गराउन पनि निर्देशन दिइएको पौडलले बताए।

रिठेपानी डाँडा निर्माणाधीन विमानस्थलको पूर्वपट्टि करिब २ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यहाँ करिब ६ सय प्रजातिका बोटविरुवा छन्। पोखरा विमानस्थलको विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख भएबमोजिम डाँडा काट्ने प्रक्रिया अघि बढाइएको छ। पोखरा क्षेत्रीय विमानस्थल आयोजनाले तयारी पारेको फ्लाइट प्रोसिड्युर डिजाइनमा पनि जहाज अवतरणका लागि डाँडाको ४० मिटर उचाइ काट्नुपर्ने देखिएको छ।

‘इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) ले तयार पारेको फ्लाइट प्रोसिड्युर डिजाइनमा त्यो डाँडाले समस्या ल्याउने देखिएकाले त्यो काट्नुपर्ने हुन्छ’, आयोजना प्रमुख विनेश मुनकर्मीले बताए। तर, डाँडा नकाट्दैमा जहाज अवतरण गर्नै नसक्ने भने होइन भन्दै मुनकर्मीले भने, ‘डाँडा काटेन भने डाँडामाथि हुँदै जहाज अवतरण गर्छ, डाँडा काट्यो भने तल नै आएर अवतरण गर्छ।’

डाँडा काट्नका लागि आयोजनाले नापी विभागमा अनुरोध गरी डाँडाको सीमांकन, बोटबिरुवाका लगत राख्न, टाँचा लगाउनलगायत काम सकेको छ। आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन वन मन्त्रालय पठाएको छ। ‘हामीले पर्यटनमन्त्री भानुभक्त ढकालको विमानस्थल भ्रमणको क्रममा पनि विमानस्थलको निर्माण प्रक्रियामा ढिला हुन नदिन मन्त्रिपरिषद्बाट नै निर्णय गरी काम अघि बढाउन अनुरोध गरेका छौं’, मुनकर्मीले भने, ‘अब वन मन्त्रालयले अनुमति दिएपछि पर्यटन मन्त्रालयले मन्त्रिपरिषद्मा जानकारी गराई मन्त्रिपरिषद्ले निर्णय गर्छ। निर्णय आउनेबित्तिकै आगामी ६ महिनामा डाँडा कटानको काम सकिन्छ। डाँडा कटानका लागि लागत अनुमान गरी ठेक्का दिने प्रक्रियामा आयोजना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here