Home News चि*तुवा संग आधा घण्टा भि*ड्ने बुबा मिडियामा। बिरगंज नजिकै हेर्नुहोस। (भिडियो हेर्नुहोस्)

चि*तुवा संग आधा घण्टा भि*ड्ने बुबा मिडियामा। बिरगंज नजिकै हेर्नुहोस। (भिडियो हेर्नुहोस्)

385
0

चि*तुवा संग आधा घण्टा भि*ड्ने बुबा मिडियामा। बिरगंज नजिकै हेर्नुहोस। (भिडियो हेर्नुहोस्)

याे समचार पनि पढ्नुहोस्
प्रधानमन्त्री ओलीले नै मोरङको कटहरी गाउँपालिका–१ महेशपुरमा निर्मित एकीकृत तरकारी तथा फलफूल थोक बजारको तामझामसाथ उद्घाटन गरेको दुई वर्ष बित्न लाग्यो । तर अझै सञ्चालनमा आउन सकेको छैन । प्रदेश १ सरकार मातहत सञ्चालन हुने थोक बजार विश्व बैंकको १६ करोड रुपैयाँ आर्थिक सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बनाएको हो । निर्माण सकिएको सात महिनापछि २०७५ चैत ३ गते प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।

प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पटकपटक सञ्चालन प्रयास गरे पनि व्यवसायीहरू थोक बजारमा जान नचाहेकाले त्यो सम्भव भएन । प्रदेश १ का ३७ वटा सहकारीले विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघ दर्ता गर्न लगाएर सार्वजनिक सूचना निकाल्दै सञ्चालनका लागि गत माघ ८ मा सम्झौता गरेका छन् । वार्षिक १९ लाख भाडा तिर्ने गरी मन्त्रालयसँग पाँच वर्षका लागि सम्झौता गरेर लिइएको सहकारी संघका अध्यक्ष देवेन्द्र पौडेलले बताए । ‘सम्झौता गरे पनि थोक बजारमा व्यवसायी आउन नचाहेकाले सञ्चालनमा समस्या भएको छ,’ उनले भने, ‘त्यसैले चैतसम्मका लागि निःशुल्क साप्ताहिक हटिया लगाउन सुरु गरेका छौं ।’

प्रधानमन्त्री ओलीले नै २०७५ चैतमा भव्य शिलान्यास गरेको नारायणगढ–बुटवल सडक विस्तारको अहिलेसम्मको भौतिक प्रगति ४ प्रतिशत मात्र छ । प्रधानमन्त्री ओली र तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यसको शिलान्यास गरेका थिए । प्रधानमन्त्री ओलीले शिलान्यासका क्रममा २०८० पछि नेपालमा सुरुङयुग आउने उल्लेख गरेका थिए ।

प्रधानमन्त्रीकै गृहजिल्लामा निर्माण थालिको भ्यु टावरको शिलान्यास भएको चार वर्ष हुँदा पनि प्रगति २५ प्रतिशत मात्र छ । १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ रुपैयाँमा चिनियाँ कम्पनी जेडसीजीआईईसी र ललितपुरको आशिष ओम साइरामले ठेक्का लिएका हुन् । भ्यु टावर एक सय मिटर आग्लो हुनेछ । सघन सहरी तथा भवन निर्माण कार्यालयमार्फत निर्माण भइरहेको भ्यु टावर निर्माण २०७९ पुससम्म सक्नुपर्नेछ । तर कामको प्रगति सुस्त छ । १८ तलासम्म बन्ने यो भ्यु टावर दृश्यावलोकनभन्दा पनि व्यापारिक प्रयोजनमा प्रयोग हुने कार्यालयका फिल्ड इन्चार्ज भूपेन्द्रकुमार यादवले जानकारी दिए ।

शिलान्यास र उद्घाटनमा प्रधानमन्त्री ओली मात्र अघि छैनन् । यसअघिका प्रधानमन्त्री र मन्त्री पनि यो कार्यबाट अछुतो छैनन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेको काठमाडौं–तराई–मधेस द्रुतमार्गको प्रगति अहिलेसम्म ११ दशमलव ११ प्रतिशत मात्र छ । दाहालले २०७४ जेठ १४ मा बाराको निजगढ पुगेर यसको भव्य शिलान्यास गरेका थिए । आर्थिक वर्ष २०७४/७५ बाट सुरु यो आयोजना २०८०/८१ सम्पन्न हुनुपर्ने छ । तर आयोजनामा पर्ने सुरुङ र पुल निर्माणको ठेक्का नै हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here