Home News संसद ब्युतियो भनेर लड्डु खाने मा*र्चण्ड इण्डिया र USA को गु*लामी गर्दैछन...

संसद ब्युतियो भनेर लड्डु खाने मा*र्चण्ड इण्डिया र USA को गु*लामी गर्दैछन ओलीले जे*ल ठु*स्नुपर्छ ग*द्दारलाई (भिडियो हेर्नुहोस्)

216
0

संसद ब्युतियो भनेर लड्डु खाने मा*र्चण्ड इण्डिया र USA को गु*लामी गर्दैछन ओलीले जे*ल ठु*स्नुपर्छ ग*द्दारलाई (भिडियो हेर्नुहोस्)

याे समचार पनि पढ्नुहोस्
नेपालगन्ज डिपोमा अब लखनउबाटै हवाई इन्धन ढुवानी गरिने भएको छ । लुम्बिनी प्रादेशिक कार्यालयअन्तर्गत रहेको हवाई इन्धन डिपो नेपालगन्जमा इन्डियन आयल कर्पोरेसन (आईओसी) को इलाहाबाद डिपोबाट हवाई इन्धन ढुवानी गरिँदै आएको थियो ।

उक्त डिपोसम्मको दूरी नेपालगन्जस्थित भारतीय नाका रुपैडियादेखि दुईतर्फी करिब ८ सय ५० किमि पर्छ । अब भने आईओसीले लखनउको अमौसीस्थित डिपोबाटै हवाई इन्धन भर्न पाउनेछ ।
लखनउबाट ढुवानीसमेत सुरु भइसकेको छ । ‘इलाहाबाद र अमौसीको तुलनामा ढुवानी दूरी झन्डै आधा फरक पर्छ,’ इन्धन तथा हवाई इन्धन डिपो नेपालगन्जका सूचना अधिकारी अजितकुमार पोखरेलले भने, ‘दूरीमा आएको कमीसँगै ढुवानीबाट हुने खर्च पनि बचत हुन्छ ।’ निगमका अनुसार नेपालगन्जस्थित भारतीय नाका रुपैडिहादेखि लखनउको दुईतर्फी दूरी करिब ४ सय ५० किमि मात्रै पर्छ ।

लखनउबाट ढुवानीका लागि विगतमा पनि छलफल भएको निगमले बताएको छ । तर आपूर्तिका विषयमा आईओसीले सहमति जनाएको थिएन । ‘इलाहाबादको विकल्पमा लखनउबाट ढुवानी गर्ने विषय करिब १५ वर्षदेखि पेन्डिङमा थियो,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भने, ‘पछिल्लो समय आईओसीमा भएको छलफलमा उक्त डिपोबाट ढुवानी गर्न सहमति भयो । यसले ढुवानीमा लाग्ने समयसँगै पैसाको पनि बचत हुन्छ ।’

नेपालगन्ज डिपोबाट दैनिक एक ट्यांकर (२० हजार लिटर) हवाई इन्धन खपत हुने गरेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए । नेपालगन्जबाट सुर्खेततर्फ पनि ढुवानी गरिन्छ । सुर्खेतमा दैनिक पाँच हजार लिटर खपत हुन्छ । ती क्षेत्रमा १२ ट्यांकरले हवाई इन्धन ढुवानी गर्छन् । ‘लामो दूरीका कारण बेलाबखतमा ढुवानीमा समस्या हुन्थ्यो,’ उनले भने, ‘अब धेरै नजिक भएको छ । आपूर्ति व्यवस्थापनमा पनि सहजता आउँछ ।’ इलाहाबादबाट आयात गर्दा हवाई इन्धनको ढुवानी भाडा प्रतिकिलोलिटर ४ सय ५० रुपैयाँ थियो । अब करिब आधा घट्ने निगमको अनुमान छ । ‘ढुवानी रुटको भेरिफिकेसन गर्दै छौं, त्यसपछि ढुवानी दर तोक्छौं,’ उपाध्यायले भने, ‘किलोमिटर आधा घटेपछि भाडादर पनि आधा नै घट्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here