Home News अभि*युक्त जे*ल चलान भएपछि मृ*तक प्रबिनको साहसी बहिनि मिडियामा,अमेरिका त्याग्छु तर ह*त्यारालाई...

अभि*युक्त जे*ल चलान भएपछि मृ*तक प्रबिनको साहसी बहिनि मिडियामा,अमेरिका त्याग्छु तर ह*त्यारालाई छोडदिन (भिडियो हेर्नुहोस्)

455
0

अभि*युक्त जे*ल चलान भएपछि मृ*तक प्रबिनको साहसी बहिनि मिडियामा,अमेरिका त्याग्छु तर ह*त्यारालाई छोडदिन (भिडियो हेर्नुहोस्)

याे समचार पनि पढ्नुहोस्
कुनै पनि संस्थाको लक्ष्य प्राप्तिका लागि संलग्न सहकर्मीलाई सुम्पिएको जिम्मेवारी आशा गरेअनुरूप पूरा हुन सक्यो वा सकेन भनी पूर्वनिर्धारित समयको अन्तरालमा छलफल गर्ने र अन्यथाको अवस्थामा केकति कारणले फरक पर्न गएको हो भनी समय छँदै सुधारात्मक पहलकदमीको पहिचान गरी आवश्यकताअनुरूप दुवै पक्षको सहमतिमा नयाँ मार्गप्रशस्त गर्ने गरी विनविन सिद्धान्तअनुरूप सौहार्द वातावरणमा गरिने सकारात्मक अनि संरचनात्मक छलफल प्रक्रियालाई नै सही अर्थमा एक प्रभावकारी कार्यसम्पादन मूल्यांकन भनिन्छ।

अन्त्यमा वा कार्यसम्पादन भइसकेपछि भन्दा पनि कार्यको थालनीदेखि नै कार्य सम्पादन मूल्यांकनको सही प्रक्रियामा ध्यान पुर्‍याउन सके एकातिर संस्थाको अपेक्षा गरेभन्दा पनि बढी नतिजा हासिल हुन सक्ने प्रबल सम्भावना रहन्छ भने अर्कातिर मेहनत गर्ने सहकर्मीमा पनि अझै थप मेहनत गर्ने हौसला जागृत हुन्छ। कार्य सम्पादन मूल्यांकन नै दण्ड–पुरस्कारको सही आधार पनि हो भन्दा कुनै अतिशयोक्ति नहोला।

नेतृत्वलगायत सबै विभागका सहकर्मीलाई कार्य सम्पादन मूल्यांकनको सही उद्देश्य र प्रयोजनबारे स्पष्ट पार्न जरुरी छ। जति गरे पनि यहाँ केही हुनेवाला छैन। कामको कदर नै हुँदो रहेन छ। यहाँ त मैले अहोरात्र काम गर्दा पनि के नै पाएँ र ? मसँगै काम गर्ने सहकर्मीले सिन्को नभाँच्दा पनि केचाहिँ पाएनन् ? अब म पनि किन मरीमरी काम गर्नु ? भोलिदेखि आफू पनि विन्दास टाइम पास मात्र गरूँ कि क्या हो ? सही कार्य सम्पादन मूल्यांकन प्रक्रिया स्थापित हुन नसक्दाको अवस्थामा यस्तै व्यक्त–अव्यक्त वितृष्णायुक्त भाव हामीले सुन्ने अनि महसुस गर्ने गरेका छौं। यस्तो परिवेशमा कर्मचारीको मनोबल मात्र नभई अन्ततोगत्वा संस्थाको पनि साख घट्ने निश्चितप्रायः हुन्छ।

न्यून मनोबल भएका कर्मचारीले उत्पादनमुखी संस्थामा उत्पादकत्व सुनिश्चित गर्न नसक्ने र सेवामुखी संस्थामा ग्राहकलाई चाहेअनुसारको सेवा प्रवाह गर्न नसक्ने हुन्छन्। त्यसैले स्वस्थ कार्य सम्पादन मूल्यांकनको अभ्यासबाट मात्रै उपरोक्त समस्या निरूपण गर्न सकिन्छ।

व्यवस्थापन सामान्यतः एक नरम र व्यावहारिक विषय हो। अझै भन्ने हो भने यो एक सामाजिक विज्ञानजस्तै हो। फिजिक्स वा केमेस्ट्रीजस्तो हार्ड साइन्स होइन, व्यवस्थापन विधा कार्बन एक भाग अनि अक्सिजन दुई भागको सम्मिश्रणले मात्रै पानि बन्दछ भन्नेजस्तो हुँदैन। व्यवस्थापनमा एक परिस्थितिमा प्रभावकारी भएको सूत्र अर्को परिस्थितिमा पनि प्रभावकारी हुन्छ नै भन्ने हुँदैन। किनकि व्यवस्थापनमा कारण र परिणामको अन्तरसम्बन्धका लागि विशेष वा परिस्थितिजन्य हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here