Home News आजको खास भिडियो: श्री*मानलाई धोका दिने धो*केबाज श्री*मतीहरुले यो भिडियो हेरुन, १७...

आजको खास भिडियो: श्री*मानलाई धोका दिने धो*केबाज श्री*मतीहरुले यो भिडियो हेरुन, १७ वर्षदेखि पतिकै पर्खाई (भिडियो हेर्नुहोस्)

203
0

आजको खास भिडियो: श्री*मानलाई धोका दिने धो*केबाज श्री*मतीहरुले यो भिडियो हेरुन, १७ वर्षदेखि पतिकै पर्खाई (भिडियो हेर्नुहोस्)

याे समचार पनि पढ्नुहोस्
पाटनबाट ३५ वर्षअघि चोरिएर एक वर्षअघि मात्रै अमेरिकामा फेला परेको ‘वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) मूर्ति’ फिर्ता ल्याउन सहमति बने पनि ढुवानीका लागि आर्थिक अभाव हुँदा तत्काल नेपाल आइनपुग्ने भएको छ ।

अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा गत वर्ष मंसिरमा भेटिएको यो मूर्ति सन् १९८४ मा पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट हराएको थियो । उक्त मूर्तिबारे चासो बढेपछि पुरातत्त्व विभाग, परराष्ट्र मन्त्रालय र वासिङ्टनस्थित नेपाली दूतावासको पहलमा म्युजियमले अमेरिकी प्रहरीको निकाय फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) मार्फत नेपाललाई फिर्ता गर्न चाहेको छ ।

पुरातत्त्व अन्वेषक लैनसिंह वाङ्देलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ मा पनि चोरिएको उक्त मूर्तिको प्रामाणिकता उल्लेख छ । सांस्कृतिक सम्पत्तिको गैरकानुनी आयातनिर्यातमा प्रतिबन्ध लगाउनेसम्बन्धी युनेस्को अभिसन्धिमा पहिचानयुक्त मूर्तिलाई अनिवार्य फर्काउनुपर्ने सर्त रहेको छ । यो अभिसन्धि नेपाल तथा अमेरिका दुवैले हस्ताक्षर गरेकाले पनि मूर्ति फर्काउने प्रक्रिया अघि बढेको हो । डल्लास म्युजियमले गत नोभेम्बर ३० मै वासुदेव–कमलाजा मूर्ति एफबीआईलाई हस्तान्तरण गरिसकेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार एफबीआईले आगामी साता वासिङ्टनस्थित नेपाली दूतावासमा मूर्ति बुझाउने भएको छ । मूर्ति नेपाल ल्याउने खर्च डल्लास म्युजियम र एफबीआईले नबेहोर्ने जनाएका छन् । यसका लागि नेपाली दूतावास वा नेपाल सरकारले खर्च उपलब्ध गराउन नसक्ने भएपछि मूर्ति दूतावासमा थन्कने भएको हो ।

वासिङ्टनस्थित दूतावासका उपनियोग प्रमुख कुमार खरेलले पहिचान भइसकेको मूर्तिलाई नेपालसम्म पठाउने प्रबन्ध गर्न म्युजियम र सम्बद्ध निकायले रुचि नराखेको बताए । ‘यो मूर्ति ७० किलोभन्दा बढी तौलको छ । यसको प्याकेजिङ, ढुवानीमा विशेष संवेदनशीलता अपनाउनुपर्ने देखिन्छ,’ उनले कान्तिपुरसित भने, ‘अमेरिकामै सिकागो, डेनभरमा समेत नेपाली पुरातात्त्विक महत्त्वका मूर्ति फेला परेकाले र अरू पनि यस्ता सम्पदाको खोजीनिती हुने भएकाले अब आफ्नो सम्पत्ति फर्काउने विषयमा निश्चित कानुन, संयन्त्र र पद्धति बसाल्नुपर्ने देखिएको छ ।’ उनले यसका लागि संस्कृति मन्त्रालय वा पुरातत्त्व विभागसहितले निश्चित नीति तय गर्नुपर्ने औंल्याए ।

सम्पदाविद् रवीन्द्र पुरीले वर्षौंदेखि चोरिएका र हराएका नेपाली सम्पदा पहिचान भइरहेका बेला आफ्नो सम्पत्ति फिर्ता ल्याउन नसक्नु लाजमर्दो रहेको बताए । पशुपतिमा करोडौं रुपैयाँ खर्चेर जलहरी लगाउने अथवा राम–सीता मूर्ति बनाउनेभन्दा महत्त्व र प्राथमिकताको विषय आफ्ना सम्पदा घर फर्काएर ल्याउने हुनुपर्ने पुरीको भनाइ छ । ‘भेटिएका मूर्ति र सम्पदा फर्काएर ल्याउन खर्च अभाव भएको हो भने सरकारले हामी निजी क्षेत्रलाई जिम्मा दिए हुन्छ,’ सम्पदा संरक्षणमा युनेस्को अवार्ड पाएका पुरीले भने, ‘यी सम्पदा भेटिनुमा पनि सरकारी प्रयत्न र पहलकदमीबाट होइन, यसमा सम्पदा क्षेत्रका अभियन्ता, मिडिया र निजी क्षेत्रका अन्वेषकको भूमिका देखिन्छ । मूर्ति भेटिएपछि पनि फिर्ता ल्याउन सरकारले लाचारी देखाउने हो भने हामी आफैं अग्रसर हुन्छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here