Home News कालापानीमा आज | इण्डियाको दाबी गर्ने आधार यस्ता रहेछन | लिपुलेखका जनताले...

कालापानीमा आज | इण्डियाको दाबी गर्ने आधार यस्ता रहेछन | लिपुलेखका जनताले यसरी लखेटे इण्डियन झुण्डलाई (जानकारीका लागि सेयर गराै)

1370
0

कालापानीमा आज | इण्डियाको दाबी गर्ने आधार यस्ता रहेछन | लिपुलेखका जनताले यसरी लखेटे इण्डियन झुण्डलाई (जानकारीका लागि सेयर गराै)

याे समचार पनि पढ्नुहोस्
झापास्थित प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाउने काठमाडौं विश्वविद्यालयको सभाको निर्णयमा सभा सदस्य र प्राध्यापकले नै विमति जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ठाडो निर्देशनमा दुर्गा प्रसाईं सञ्चालक रहेको मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया थाल्ने निर्णय उपकुलपति भोला थापाले गराएका थिए ।

सभाका सदस्यहरूले बैठकको एजेन्डा नै नभएको विषयमा छलफलबिनै निर्णय गराएकामा असन्तुष्टि व्यक्त गरेका हुन् । सभाका ५ सदस्यले आइतबार विश्वविद्यालयका रजिस्ट्रार सुबोध शर्मालाई आफ्ना विमतिबारे लिखित जानकारी गराएका छन् । सदस्यहरू बालचन्द्र लुइँटेल, विवेक बराल, वेदमणि दाहाल र सुरेन्द्र केसीले विश्वविद्यालय सभाले गरेको निर्णयप्रति असहमति जनाएका हुन् । सभाका अर्का सदस्य विष्णु कार्कीले पनि असन्तुष्टि व्यक्त गरेका छन् । विषयसूचीमै नभएको विषयमा ठोस निर्णय नभएको कुरा माइन्युटमा आएको भन्दै कार्कीले दुःख व्यक्त गरेका छन् ।

सभाका निर्णयमा विमतिसहित प्रतिक्रिया आए अर्को सभामा पेस गर्नुपर्ने र त्यसबेलासम्म उक्त निर्णय कार्यान्वयन नहुने काठमाडौं विश्वविद्यालय ऐनमा उल्लेख छ । काठमाडौं विश्वविद्यालयले भने उक्त निर्णयसहित सम्बन्धनका लागि निवेदन दिन बीएन्डसीलाई पत्राचार गरिसकेको छ । स्रोतका अनुसार बीएन्डसीले पनि आइतबार विश्वविद्यालयमा आवेदन दर्ता गराएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटरमा सम्पन्न सभाले कानुन मिचेर बीएन्डसीको सम्बन्धन अघि बढाउने निर्णय गरेको थियो । शुक्रबार सभा सदस्यहरूलाई बाँडिएको बैठकको माइन्युटमा सम्बन्धन दिने निर्णय गरिएको उल्लेख छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here