Home News कावासोती मा ६ म*हिने शि*शुको रह*स्यम मृ*त्युको कारण यस्तो। खु*लाए यती ठुलो...

कावासोती मा ६ म*हिने शि*शुको रह*स्यम मृ*त्युको कारण यस्तो। खु*लाए यती ठुलो रह*स्य (भिडियो हेर्नुहोस्)

275
0

कावासोती मा ६ म*हिने शि*शुको रह*स्यम मृ*त्युको कारण यस्तो। खु*लाए यती ठुलो रह*स्य (भिडियो हेर्नुहोस्)

याे समचार पनि पढ्नुहोस्
जब कुनै एक इन्द्रियले काम गर्न छोड्छ तब त्यसको महत्त्व सबैभन्दा बढी हो कि भन्ने महसुस हुन्छ । कोरोना संक्रमणका कारण स्वाद र बास्ना दिने इन्द्रियले काम गर्न छोडेपछि कसरी र कहिले यी इन्द्रियहरूले काम गर्छन् भनी पर्खेको याद अझै कतिपयलाई ताजै होला ।

त्यस्तै, दृष्टि गुमेकाहरूका लागि दृष्टिको र श्रवणशक्ति नभएकाहरूका लागि सुनाइको महत्त्व अमूल्य हुन्छ । त्यसकारण यी पाँचै इन्द्रियलाई सही अवस्थामा राख्नु जरुरी छ । रोग लागेर यी इन्द्रियमध्ये कुनैमा असर परे तुरुन्त उपचार गराउनुपर्छ । कतिपय अवस्थामा उपचार सम्भव नहुन पनि सक्छ, रोकथाम भने गर्न सकिन्छ । यस्तै, श्रवणशक्तिको हेरचाहमा हामी झनै चनाखो हुनुपर्छ । श्रवणशक्तिमा ह्रास आउन नदिन आवश्यक उपाय अपनाउनुपर्छ ।

चर्को आवाज वा कोलाहलबाट टाढा रहने, मोबाइल फोनको प्रयोग लगातार लामो समयसम्म नगर्ने, सधैं हेडफोन/इयरफोनको प्रयोग गरेर संगीत नसुन्ने, समयसमयमा सुनाइको परीक्षण गराउने, कानमा कुनै समस्या आए सम्बन्धित चिकित्सकलाई देखाउने, कानमा तेल वा अन्य तरल पदार्थ नहाल्ने, कान नकोट्याउने जस्ता कार्यबाट श्रवणशक्ति जोगाउन सकिन्छ । वृद्धावस्था वा कुनै रोगका कारण श्रवणशक्ति जोगाइराख्न नसकिने पनि हुन्छ । यस्तोमा श्रवणशक्तिको पुनःस्थापनाका लागि विविध तरिका अपनाउन सकिन्छ ।

दृष्टि गुमाएकाहरू अर्का व्यक्तिबाट टाढा हुन्छन् भने श्रवणशक्ति गुमाएकाहरू पूरै समाजबाट अलग्गिन्छन् । आफ्नो भावनाको आदान–प्रदान नै श्रवणशक्तिबाट हुने भएकाले सुनाइसम्बन्धी समस्या भएका व्यक्ति एक्लिएर बस्न रुचाउँछन् । हाम्रो समाजमा बहिरोपनलाई हाँसोका रूपमा लिइने भएकाले पनि यस्तो भएको हो ।

अहिलेको समयमा कुनै पनि मानिस श्रवणशक्तिबाट वञ्चित भइरहनुपर्दैन । जन्मजात कान नसुन्नेहरूका लागि होस् वा जीवनको कुनै समयमा श्रवणशक्ति पूरै गुमाएकाहरूका लागि, ‘कक्लियर इम्प्लान्ट’ नामक आधुनिक यन्त्र वरदान नै साबित भएको छ । भित्री कान नै नबनेको अवस्थामा प्रयोग हुने आधुनिक यन्त्र ‘अडिटरी ब्रेनस्टेम इम्प्लान्ट’ तथा ‘मिडब्रेन इम्प्लान्ट’ जस्ता अत्याधुनिक यन्त्रको आविष्कारबाट श्रवणशक्ति जसरी पनि फर्काउन सकिने प्रमाणित भइसकेको छ ।

कानको बाहिरी भाग वा मध्यकानको विकास नभई भित्री कानको मात्र विकास भएका नवजात शिशु तथा व्यक्तिहरू धेरै संख्यामा छन् । कान नभएपछि व्यक्तिहरूको रूप तथा सौन्दर्यमा असर पर्छ नै, सुनाइमा पनि केही कमी आउँछ । हाम्रो समाज राम्रो सुनाइमा भन्दा पनि रूप र सौन्दर्यको पछि बढी लाग्ने गरेको छ । यसरी बाहिरी कान वा कानको नली र जालीको विकास नहुँदा सृजित श्रवणशक्तिको समस्या समाधान गर्न विभिन्न श्रवणयन्त्रको आविष्कार भइसकेको छ । ‘बा हा’, ‘ब्रोन ब्रिज’, ‘भाइब्रेन साउन ब्रिज’ जस्ता अत्याधुनिक यन्त्रको प्रयोगबाट श्रवणशक्तिलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here