Home News डोजरले जि*उदै महि*लालाई हेर्नुहोस्… यसरी पुरेपछि धादिङ्गमा। खाडल खनेर यसरी निकालियो सरस्वतीलाई...

डोजरले जि*उदै महि*लालाई हेर्नुहोस्… यसरी पुरेपछि धादिङ्गमा। खाडल खनेर यसरी निकालियो सरस्वतीलाई (भिडियो हेर्नुहोस्)

263
0

डोजरले जि*उदै महि*लालाई हेर्नुहोस्… यसरी पुरेपछि धादिङ्गमा। खाडल खनेर यसरी निकालियो सरस्वतीलाई (भिडियो हेर्नुहोस्)

याे समचार पनि पढ्नुहोस्
हालका वर्षहरूमा नेपाल–चीन सम्बन्धमा महसुस नै हुने किसिमको कुनै उतार देखिएको छैन । चीनले नेपालविरुद्ध घोषित नाकाबन्दी लगाएको पनि छैन, लगाउनुपर्ने कारण पनि देखिँदैन । उसले नेपाललाई नाकाबन्दी नगरेको र नगर्ने बताउँदै आएको छ ।

तर अवस्था कस्तो छ भने, पछिल्लो समय दुई देशबीच मुख्य नाकाका रूपमा रहेको केरुङ–रसुवागढीबाट आयात–निर्यात ठप्प भएको १३ महिना भैसक्यो । पहिले हिमपात र ल्होसारका कारण नाकाबाट आयात बन्द गरिएको थियो । त्यसपछि कोरोना र हालै अन्य बहानामा नाकाबाट आवतजावतै प्रभावित छ । घरीघरीको यस्तो समस्याले नेपाली व्यवसायीहरू त मर्कामा परेका छन् नै, यही अवस्था लम्बिरहे दुई मुलुकबीच जनस्तरमै विश्वासको वातावरण धमिलिन सक्छ । त्यसैले, स्थायी रूपमै नाका खोल्न नेपालले प्रभावकारी कूटनीतिक पहल गर्नुपर्छ । र, चीनले पनि यसप्रति आवश्यक गम्भीरता देखाउनुपर्छ ।

चिनियाँ ल्होसार पर्वका कारण पछिल्लोपटक गत माघ २९ देखि ठप्प भएको रसुवागढी नाकाबाट अझै आयात सुरु हुन सकेको छैन । त्यसअघि फाट्टफुट्ट नाका खुल्दा पनि दैनिक पाँच कन्टेनर मात्र चिनियाँ सामान ल्याउन दिइएको थियो । यसरी नाकाबाट आयात ठप्प भइरहँदा सयौं व्यवसायीका अर्बौं मूल्य बराबरका सामान चीनतर्फ रोकिएका छन् । यता गर्मी चढ्न लागिसक्दा पनि जाडोका लागि मगाइएका सामानसमेत उतै अड्किएका छन् । वर्ष दिनअघि मगाइएका कति सामान अझै आइपुगेका छैनन् ।

ढिला गरी आइपुगेका कति सामान यता काम नलाग्ने भैसकेका छन् । यही कारण केही व्यापारी टाट नै पल्टिएका छन् । निर्यात त झन् १३ महिनादेखि नै ठप्प छ । नेपाली कन्टेनर सामान लिन केरुङ जान नपाएको पनि १३ महिना भैसक्यो । चालु आर्थिक वर्षका सात महिनामा रसुवा भन्सार कार्यालयले लक्ष्यको १७ प्रतिशत मात्र राजस्व संकलन गरेबाट पनि थाहा हुन्छ, आयात कुन रूपमा प्रभावित भएको छ भनेर ।

सर्सर्ती हेर्दा, दुई देशबीच राजनीतिक–कूटनीतिक स्तरमा विश्वासको वातावरण नभएको पनि देखिन्न । तर, मैदानमा समस्या प्रस्टै देखिन्छ । केहीअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनको व्यवहार ‘असहज र अप्ठेरो’ भएको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका थिए । वाणिज्यमन्त्रीको भनाइले दुई देशबीच कुनै न कुनै रूपमा बुझाइमा समस्या रहेको पक्कै औंल्याएको छ, तर देशको जिम्मेवार मन्त्रीले सामान्य अवस्थामा सार्वजनिक रूपमै निरीहता प्रकट गर्ने वा निराशा पोख्नेभन्दा पनि कूटनीतिक ढंगबाटै समस्या समाधान गर्न जोड दिनुपर्थ्यो/पर्छ । चीनको केही असन्तोष वा प्राविधिक समस्या छ भने त्यसलाई दुई देशबीचको वार्ताबाट टुंग्याउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here