Home News भारतलाई पछि पार्दै नेपालमा सबैभन्दा बढी लगानी गर्ने देश बन्यो चीन, यी...

भारतलाई पछि पार्दै नेपालमा सबैभन्दा बढी लगानी गर्ने देश बन्यो चीन, यी क्षेत्रमा अर्बौं खर्च गर्दै (सेयर गराै)

148
0

अघिल्ला वर्षहरूको तुलनामा चालू आर्थिक वर्षमा भारतलाई समेत पछि पार्दै चिनियाँ लगानीले अग्रता लिएको हो । उद्योग विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघसम्ममा कुल १८ अर्ब १७ करोड ७२ लाख रुपैयाँ चिनियाँ लगानीले नेपालमा व्यावसायिक स्वीकृति पाएको हो ।

भारतबाट भने ३ अर्ब ८६ करोडमात्र लगानी स्वीकृत भएको छ । उत्पादनमूलक सँगै सेवा क्षेत्रमा समेत आएको यस्तो लगानीले अधिकतम तीन हजार ८१ जनालाई रोजगारी दिने गरी विविध १०५ परियोजनका लागि विभागबाट स्वीकृति पाएको छ ।

याे समचार पनि पढ्नुहोस्
डिजेल ५९ रुपैयाँ २१ पैसा प्रतिलिटर खरिद गरिएको छ। त्यसमा विभिन्न शीर्षकमा राजस्व र मूल्य अभिवृद्धि कर ३७ रुपैयाँ ९० पैसा, निगमको खर्च १ रुपैयाँ ४३ पैसा, ढुवानी भाडा ३ रुपैयाँ ५२ पैसा र डिलर कमिसन ३ रुपैयाँ ५० गरी प्रतिलिटर १ सय ५ रुपैयाँ ५६ पैसा पर्न आउँछ। मूल्य समायोजनपश्चात् निगमले प्रतिलिटर ६ रुपैयाँ ५६ पैसा घाटा खाएर ९९ रुपैयाँ उपभोक्ता मूल्य तोकेको छ। मूल्य समायोजनपश्चात् पनि निगम पेट्रोल, डिजेल र खाना पकाउने ग्यास बिक्री गर्दा अझै १५ दिनमा १ अर्ब ३२ करोड घाटामा छ।

अर्थविद् केशव आचार्यका अनुसार पेट्रोल विलासिता वस्तुतर्फ परे पनि डिजेल अत्यावश्यकमा पर्छ। डिजेलको मूल्य बढ्नासाथ बजारमा चौतर्फी असर गर्छ। डिजेलको मूल्य वृद्धि हुँदा उपभोक्तासँग जोडिने हरेक वस्तुको मूल्य पनि बढ्ने हुनाले सरकारले त्यसबाट उठाउँदै आएका करको दर घटाउनुपर्ने सुझाव उनले दिए।

‘डिजेलको मूल्य बढ्दा ढुवानी साधनको भाडा दर वृद्धि हुनुका साथै उद्योग, कलकारखानाको उत्पादन लागत खर्च पनि बढ्छ। सार्वजनिक यातायातको भाडा पनि वृद्धि हुन्छ’, अर्थविद् आचार्यले भने, ‘त्यही भएर उपभोक्तालाई राहत दिन डिजेलबाट उठाइने राजस्व दर घटाएर विलासिता वस्तुतर्फ पर्ने पेट्रोलको मूल्य भने बढाउनुपर्छ।’

आचार्यले मूल्य समायोजन गर्दा भारततर्फ हुने इन्धनको चोरी–तस्करी नहोस् भनी सचेत हुन पनि आवश्यक रहेको बताए। ‘हामीकहाँ इन्धनको राजनीति बडो गजबको छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय मूल्यअनुसार मूल्य थपेर करसहित बिक्री गर्दा निकै महँगिएर आमउपभोक्तालाई असर गर्छ। कम मूल्य तोक्दा भारतभन्दा सस्तो भएर भारततर्फ ठूलो परिमाणमा चोरी तस्करी हुने डर छ।’ यसलाई मिलाउन निकै कठिन रहेको आचार्यले जानकारी दिए।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तर्राष्ट्रिय अभ्यास हेरेर करबारे निर्णय गरिएको बताए। ‘हामै्र मुलुकमा मात्रै होइन, भारतमा पनि ठूलो परिमाणमा कर लगाइएको छ। भारतमा केन्द्र सरकार र प्रदेश सरकारले छुट्टाछुट्टै कर लगाएका छन्’, निर्देशक पौडेलले भने, ‘हामीकहाँ मूल्य समायोजन भए पनि भारतबाट निकै सस्तो छ।’

उठाइएको कर सरकारकै खातामा जम्मा हुने हुँदा उक्त रकम निगमले चलाउन नमिल्ने पौडेलले बताए। उनका अनुसार अन्तर्राष्ट्रिय मूल्यका आधारमा भारतमा मूल्य समायोजन दैनिक भए पनि नेपालमा भने १५–१५ दिनमा मात्रै हुन्छ। भारतमा पछिल्लो डेढ महिना अवधिमा पेट्रोलियम पदार्थको मूल्य २४ पटक वृद्धि भएको छ। मूल्य समायोजनपश्चात् पनि भारतभन्दा नेपालमा पेट्रोल प्रतिलिटर ३५ रुपैयाँ ९३ पैसा र डिजेल ४२ रुपैयाँ ७ पैसा सस्तो छ।

कुन शीर्षकमा कति कर ?
सरकारले पेट्रोलबाट भन्सार शुल्कतर्फ २५ रुपैयाँ २० पैसा, भन्सार सेवा शुल्कतर्फ ३ पैसा, सडक सम्भार शुल्कतर्फ ४ रुपैयाँ, पूर्वाधार विकास कर (बूढीगण्डकी)तर्फ १० रुपैयाँ, मूल्य स्थिरीकरण कोषतर्फ १ रुपैयाँ १४ पैसा, वातावरण शुल्कतर्फ १ रुपैयाँ ५० पैसा र मूल्य अभिवृद्धि करतर्फ १३ रुपैयाँ १२ पैसा गरी ५४ रुपैयाँ ९८ पैसा राजस्व असुल गर्दै आएको छ।

डिजेलबाट भन्सार शुल्कतर्फ १२ रुपैयाँ, भन्सार सेवा शुल्कतर्फ ३ पैसा, सडक सम्भार शुल्कतर्फ २ रुपैयाँ, पूर्वाधार विकास करतर्फ १० रुपैयाँ, मूल्य स्थिरीकरण कोषतर्फ ९७ पैसा, वातावरण शुल्कतर्फ १ रुपैयाँ ५० पैसा र मूल्य अभिवृद्धि करतर्फ १३ रुपैयाँ १२ गरी कुल ३७ रुपैयाँ ६५ पैसा राजस्व सरकारले असुल्दै आएको छ। सरकारले चालु बजेटबाट डिजेल र पेट्रोलमा लगाउँदै आएको पूर्वाधार कर वृद्धि गरी प्रतिलिटर १० रुपैयाँ र भन्सार शुल्क पनि १० रुपैयाँ पुर्‍याएको हो।

सरकारले गत आर्थिक वर्षमा शीर्षकगत भन्सार शुल्कबापत १५ अर्ब २९ करोड, सडक मर्मत शुल्कबापत ४ अर्ब ९९ करोड, वातावरण खर्चबापत २ अर्ब ९४ करोड, मूल्य अभिवृद्धि करबापत २५ अर्ब १ करोड, पूर्वाधार विकास करबापत १३ अर्ब ९८ करोड, आयकरबापत ५ अर्ब ५० करोड गरी कुल ६७ अर्ब ७१ करोड राजस्व इन्धनबाट उठाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here