डोजरले सरस्वतीलाई पुर्ने बेला बसको यात्रुले देखेपछि, यसरी बाहिरियो घ’टना, धादिङ्ग JCB काण्ड फलोअप (भिडियो हेर्नुहोस्)
srcframe width=”532″ height=”224″ src=”https://www.youtube.com/embed/CdED-J_tdu0″ frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen>
याे समचार पनि पढ्नुहोस्
कोसी सरसफाइको बहाना बनाएर माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम नलाग्ने वस्तु (कवाडी) हत्याउन खोजेको भन्दै चौतर्फी विरोध भएको छ।
तामाकोसी नदी सरसफाइको बहाना बनाएर माथिल्लो तामाकोसीको करिब १५ करोडभन्दा बढी मूल्यका कवाडीका सामान हत्याउन खोजेको भन्दै चोतर्फी विरोध सुरु भएको हो। वातावरण विभाग, बिगु र गौरीशंकर गाउँपालिकाबाट अनुमति लिएका कवाडी व्यवसायीले नदी सरसफाइ अभियानको बहाना बनाएर माथिल्लो तामाकोसीको कवाडीका सामान हत्याउन खोजेको भन्दै माथिल्लो तामाकोसी आयोजना, स्थानीय, प्रहरी र प्रशासनसम्मले विरोध जनाएका छन्।
रूपन्देही जिल्ला ठेगाना भएको जानकी हार्डवेयर एन्ड स्क्रेप सप्लायर्सले निवेदन गरी आयोजनाको सीमित क्षेत्रभित्र निःशुल्क सरसफाइका लागि अनुमति माग गरेपछि वातावरण विभागका शाखा अधिकृत सागरप्रसाद सिग्देलले २०७७ पुस २१ मा चलानी नम्बर ४९८ मार्फत फोहोरजन्य वस्तुको व्यवस्थापन गर्ने कार्यमा कुनै आपत्ति नहुने भनेर पत्राचार गरेपछि कवाडी हत्याउने खेल सुरु भएको स्थानीयको भनाइ छ।
सोही पत्रको आधारमा जानकी हार्डवेयरले विगु र गौरीशंकर गाउँपालिकामा पुन निवेदन गरेपछि निःशुल्क सरसफाइ गर्न अनुमति प्रदान गरेको ती स्थानीय तहको विभिन्न पत्रबाट खुल्न आएको छ। गौरीशंकर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकुमार श्रेष्ठले २०७७ असोज २५ मा चलानी नम्बर २६० मार्फत सरसफाइ गर्न अनुमति दिएका थिए। बिगु गाउँपालिकाका निमित्त अध्यक्ष बनेर सञ्जीव ओलीले २०७७ मंसिर ५ मा चलानी नम्बर ७१४ मार्फत सरसफाइ गर्न अनुमति दिएको तथ्यांक छ। वातावरण विभाग, बिगु र गौरीशंकर गाउँपालिकाको अनुमतिको आधारमा जानकी हार्डवेयरले माथिल्लो तामाकोसीको आधार क्षेत्रमा सरसफाइ गरी कवाडी संकलन गर्न खोजेपछि सरसफाइको नियत बाहिरिएको आयोजना सम्बद्ध कर्मचारी बताउँछन्।
नेपाली कांग्रेस दोलखाका सचिव सन्तोष रिमालले कोसी सरसफाइको नाममा माथिल्लो तामाकोसीबाट उत्पादित कवाडी हत्याउने र आयोजनाको निर्माण अवधि लम्ब्याउने खेललाई कुनै पनि हालतमा स्वीकार नहुने धारणा सार्वजनिक गरेका छन्।