Home News दाईजो नपाउनुको कारण भान्जीको ह**त्या । बहिनीलाई बे*होस परेर भान्जीलाई बि*ष खुवाएर...

दाईजो नपाउनुको कारण भान्जीको ह**त्या । बहिनीलाई बे*होस परेर भान्जीलाई बि*ष खुवाएर मा*रे (भिडियो हेर्नुहोस)

261
0

दाईजो नपाउनुको कारण भान्जीको ह**त्या । बहिनीलाई बे*होस परेर भान्जीलाई बि*ष खुवाएर मा*रे (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
सहरी क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन गर्नेबारे यसै क्षेत्रमा काम गर्दै आएको ओमानको सरकारी कम्पनी र नेपालका ६ महानगरले भर्चुअल अन्तरक्रिया गरेका छन् । उनीहरू बुधबार ‘वैज्ञानिक फोहोर व्यवस्थापन’ सम्बन्धी ‘वेबिनार’मा जोडिएका हुन् ।

ओमानका लागि नेपाली दूतावासले आयोजना गरेको वेबिनारमा काठमाडौं, ललितपुर, वीरगन्ज, विराटनगर, भरतपुर र पोखरा महानगरपालिकाका पदाधिकारीको उपस्थिति थियो । ओमानका तर्फबाट त्यहाँ सन् २००९ देखि फोहोर व्यवस्थापनको काम गर्दै आएको सरकारी कम्पनी अल बियाका पदाधिकारी सहभागी थिए ।

ओमानका लागि नेपालकी राजदूत शर्मिला पराजुली ढकालले यस किसिमको अन्तरक्रियाले चुनौतीका रूपमा रहेको फोहोरमैला व्यवस्थापनसम्बन्धी समस्याको वैज्ञानिक ढंगले समाधानका लागि अनुभव आदान–प्रदान हुने बताइन् । उक्त कार्यक्रमको उद्देश्य नेपालका सहरी क्षेत्रमा वैज्ञानिक रूपमा फोहोर व्यवस्थापन गर्न सहयोग पुर्‍याउने रहेको उनको भनाइ छ । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले यस्ता वेबिनारबाट सबै देश र सहरको अत्यावश्यकीय पाटो फोहोर व्यवस्थापनमा सहभागीहरूको क्षमता वृद्धि हुने बताए ।

मस्कटस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिअनुसार कार्यक्रममा वीरगन्जका मेयर विजयकुमार सरावगीले फोहोर व्यवस्थापनको क्षेत्रमा पहिलोपटक यस्तो संयुक्त कार्यक्रमको आयोजना भएको बताए । ओमानको सरकारी कम्पनी अल वियाका तर्फबाट इन्जिनियर खामिस अल सियाबीले ओमानले वैज्ञानिक फोहोर व्यवस्थापनसम्बन्धमा अवलम्बन गर्दै आएका अभ्यास तथा अनुभवहरू प्रस्तुत गरेका थिए ।

कम्पनीका कार्यकारी उपाध्यक्ष मोहम्मद सुलेमान अल हार्थीले कार्यक्रमको मुख्य उद्देश्य फोहोर व्यवस्थापनसम्बन्धी अनुभव तथा कार्ययोजना आदानप्रदान गर्ने रहेको बताएका थिए । वेबिनारमा नेपालका महानगरहरूका वातावरण विभागका इन्जिनियरहरूले फोहोर व्यवस्थापनका क्षेत्रमा आ–आफ्ना पालिकामा विद्यमान अभ्यास तथा रणनीतिहरू प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here