Home News भर्खरै प्रधा*नमन्त्री ओलीले गरे यस्तो घो*षणा, सर्वसाधरण जनता एकाएक खुशीयाली ! Pm...

भर्खरै प्रधा*नमन्त्री ओलीले गरे यस्तो घो*षणा, सर्वसाधरण जनता एकाएक खुशीयाली ! Pm Kp Oli

238
0

राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना बिहीबार सिन्धुलीको कमलामाइ नगरपालिका २ को कुसुमटारमा शिलान्यास गर्दै उनले आयोजनाबाट सुनकोसीको पानी लगेर तराईका फाँटहरुमा सिँचाइ गर्ने, विद्युत्‌ उत्पादन हुने प्रष्ट्याए ।

‘तराई, मधेसमा केपी ओलीलाई पस्न नदिने भनेको सुनेको थिएँ, तर पानीचाँहि पसाइदिन्छ, खेतचाँहि भिजाइदिन्छ’, उनले भने, ‘केपी ओलीलाई पस्न नदिए हुन्छ, पानीचाँहि पसाइ दिन्छ, तपाईंका सुख्खा खेतलाई चिसा बनाइदिन्छ, केपी ओलीले ।’ सिंचाइ सुविधा भएपछि फलफूलको बगैंचा लगाएर प्रदशे नं २ लाई बगैंचामय बनाउने प्रधानमन्त्री ओलीले उद्घोष गरे ।

देशलाई समृद्ध बनाउने उद्देश्यसहित आन्दोलन अगाडि बढेको प्रधानमन्त्री ओलीको भनाइ थियो । पार्टी एकताको प्रयासमा प्रहार भएको भन्दै प्रधानमन्त्री ओलीले हावाहुरीले हाँगा भाँच्ने र केही केही ठाउँमा पहिरो खस्ने गरेको स्मरण गराएका थिए । शिलान्यास कार्यक्रममा उर्जा तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्रीप्रभु शाह, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री ओलीको बखान गरेका थिए ।

सुनकोसी नदीमा १२ मिटर उचाईको बाँध निर्माण गरी १३ दशमलव एक किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिणखोलामा खसालीने छ । त्यहाँ ६६ मिटर हेडेटबाट पानी झारेर साँढे ३१ दशमलब ६२ मेगावाट विद्युत उत्पादन गरिने छ ।

बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत्‌ उत्पादनसँगै तराईका बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाहीमा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाई सुविधा पुर्‍याउने छ । सुनकोसी–मरिण डाइभर्सन आयोजना निर्माण गर्न चालु आर्थिक वर्ष ०७७/०७८ मा दुई अर्ब ४६ करोड विनियोजन भएको छ । सरकारले गत आर्थिक वर्षमा सो आयोजनाका लागि दुई अर्ब पाँच करोड बजेट विनियोजन गरेको थियो । आयोजना निर्माण गर्न कूल ४६ अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here