Home News भर्खरै हेर्नुहोस्, एकपछि अर्को चम*त्कार गर्दै ओली, बृद्वभत्ता यति धेरै हुने...

भर्खरै हेर्नुहोस्, एकपछि अर्को चम*त्कार गर्दै ओली, बृद्वभत्ता यति धेरै हुने घोषणा। (सेयर गराै)

925
0


भर्खरै हेर्नुहोस्, एकपछि अर्को चम*त्कार गर्दै ओली, आज यस्तो, ओलिको चम*त्कार बृद्वभत्ता 5000 भएको घोषणा। (सेयर गराै)

याे समचार पनि पढ्नुहोस्
हाल नेपालमा विद्युत्को माग सबैभन्दा बढी खपत हुने समय (पिक आवर) मा १,३७५ मेगावाट हाराहारी छ । विद्युत् प्राधिकरणको प्राविधिक उल्झनलाई छोड्ने हो भने अब नेपालमा लोडसेडिङ हुने अवस्था छैन । कतिपय मानिसले सोच्ने गरेजस्तो कुलमान घिसिङ नेतृत्वमा हुनु र नहुनुको फरक लोडसेडिङमा पर्नेछैन ।

अबको चिन्ता भनेको नेपालमै उत्पादन भइरहेको विद्युत्को खपत बढाउनु र बढी भएको विद्युत्लाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नु हो । हिउँदमा पिक आवरमा माग धान्नका लागि भारतबाट विद्युत् आयात हुँदै आएको छ भने, अफ आवर (मध्य दिउँसो र मध्य रातमा) र बर्खायाममा भारततर्फ निर्यात हुँदै आएको छ । वर्षभरि आयात र निर्यातको अवस्था हेर्ने हो भने लगभग बराबर छ ।
हालै भारतले सार्वजनिक गरेको कार्यविधिका कारण अब नेपाललाई बर्खायाममा खेर जाने विद्युत् बिक्री गर्न सजिलो हुनेछ जुन त्यसको सबैभन्दा सकारात्मक पक्ष हो ।

यसअघि भारतको पावर एक्सचेन्ज मार्केटमा बर्खायाममा नेपालले विद्युत् खेर जाँदा पनि बिक्री गर्न सकिरहेको थिएन । तर अब कानुनी बाटो खुलेपछि आउँदो बर्खायाममा खेर जाने विद्युत् बोल–कबोलमार्फत बेच्नका लागि आवश्यक प्राविधिक र प्रक्रियागत पक्षको गृहकार्य ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणले अहिलेदेखि नै गर्दै जानुपर्ने देखिन्छ । तर कार्यविधि सार्वजनिक भएपछि नेपालले भारतलाई विद्युत् बिक्री गर्न सक्ने तत्कालीन फाइदा देखिए पनि चीनको लगानीमा बनेका आयोजनाको विद्युत् नकिन्ने स्पष्ट आशय भारतले व्यक्त गरिसकेको छ । यसको तत्काल केही असर परिहाल्ने नदेखिए पनि दीर्घकालमा भने नेपालमा उत्पादित विद्युत् खेर जाने अवस्था आउन नदिन अहिलेदेखि नै सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।

भारतले देशको नाम स्पष्ट नतोके पनि आफ्नो सम्झौता नभएका देशहरूको लगानीमा उत्पादन हुने विद्युत् खरिद नगर्ने भनेर कार्यविधिमा उल्लेख गर्नुको स्पष्ट सन्देश नेपालमा चिनियाँ लगानीमा बन्ने विद्युत् आफूले खरिद नगर्ने भन्ने नै हो । नेपालले विद्युत् उत्पादनका लागि चीनबाट ठूलो लगानी भित्र्याउने तयारी गरिरहेका बेला भारतको यो आशयले नेपाली पक्षलाई लगानी भित्र्याउँदा बजार विस्तारको दूरदृष्टि राख्न झकझकाएको छ ।

भारतले कार्यविधि सार्वजनिक गरेको र नेपालले पनि उत्पादनका लागि विदेशी लगानी भित्र्याउन चाहिरहेका बेला नेपालमा आन्तरिक खपतबाहेक बढी हुने विद्युत्लाई अब तीन तरिकाबाट विश्लेषण गर्नुपर्छ— भारतमा बिजुली निर्यात गर्ने, आन्तरिक खपत बढाउने र आन्तरिक उत्पादकसँग गर्ने पीपीएबारे पुनर्विचार गर्ने ।

पीपीए गरिसकेपछि विद्युत् प्राधिकरणले नेपालका निजी उत्पादकहरूसँग विद्युत् लिए पनि नलिए पनि प्रतियुनिटको पैसा तिर्ने सर्त हुन्छ । गत कात्तिकमा रातको समयमा झन्डै ३०० मेगावाट र दिउँसोको समयमा २०० मेगावाट विद्युत् खेर गएको थियो जुन पैसामा हिसाब गर्ने हो भने विद्युत् प्राधिकरणलाई लगभग दैनिक ३०० करोड बराबरको घाटा भएको थियो । ऊर्जा मन्त्रालयले जनाए अनुसार, हाल निर्माणाधीन १ मेगावाटभन्दा बढी क्षमताका हाइड्रोपावरहरू जम्मा २२० वटा छन् र तिनीहरूबाट ७,५११ मेगावाट विद्युत् उत्पादन हुनेछ । त्यस्तै, १ मेगावाटसम्मका २५ वटा आयोजना बन्दै छन् जसबाट झन्डै २० मेगावाट विद्युत् उत्पादन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here