Home News आज हेर्नुहोस्, विप्लव र प्रधा*नमन्त्रीले एउटै मञ्चबाट सम्बोधन प्रचण्ड समुहमा खै*लाबै*ला (भिडियो...

आज हेर्नुहोस्, विप्लव र प्रधा*नमन्त्रीले एउटै मञ्चबाट सम्बोधन प्रचण्ड समुहमा खै*लाबै*ला (भिडियो हेर्नुहोस्)

177
0


आज हेर्नुहोस्, विप्लव र प्रधा*नमन्त्रीले एउटै मञ्चबाट सम्बोधन प्रचण्ड समुहमा खै*लाबै*ला (भिडियो हेर्नुहोस्)

याे समचार पनि पढ्नुहोस्
प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला भएलगत्तै खड्गप्रसाद शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएर राजनीतिलाई अर्को चरणमा प्रवेश गराउन मार्गप्रशस्त गर्नेछन् भन्ने कतिपयले अपेक्षा गरेका थिए । तर त्यस्तो भएन । उनले राजीनामा दिन्छन् र मुलुकलाई अनिर्णयको बन्दी बन्नबाट जोगाउँछन् भन्ने उनकै कतिपय शुभचिन्तकका अनुमान र अपेक्षा दुवै अर्थहीन भए ।

उनी आफैंले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापित हुँदा नैतिकताका आधारमा राजीनामा दिनुपर्छ नभन्ने त सवालै उपस्थित हुँदैन । धेरैले भने, पुष्पकमल दाहालदेखि पम्फा भुसालसम्मले । उनी एकरत्ती नैतिक दबाबमा नपरेको प्रशस्तै प्रतिक्रिया आए । त्यस्तो प्रतिक्रिया दिनेले के बुझेनन् भने, नैतिक दबाब भनेको दाहाल, भुसाल, माधवकुमार नेपालले दिने दबाब होइन, आफ्नै ब्रह्मको आदेश हो । आफ्नै हृदयको दृष्टि हो । हृदयको दृष्टि प्रस्ट हुनेले आफ्नो ब्रह्मको आदेशको अनुपालन गर्छ । दृष्टि प्रस्ट नहुने ब्रह्मका खिलाफ उभिन्छ र आफ्नै अवमूल्यन गर्दै आफैं ठूलो पल्टिन्छ ।

उचित अवसरमा समुचित निर्णय भनेको हृदयको दृष्टिले देखेअनुसार गर्ने हो । मनोविज्ञान र विज्ञानका अरू विषयका समेत लेखक, स्तम्भकार डेनियल गोलमनले आफ्नो पुस्तक ‘इमोसनल इन्टेलिजेन्स’ को पहिलो अध्यायमा एउटा उद्धरणद्वारा भनेका छन्, ‘हृदयबाट जे देखिन्छ, त्यो सही हुन्छ । जे वास्तवमा देख्नुपर्ने हुन्छ, त्यो आँखाले देख्दैन, (हृदयले देख्छ) ।’ मनोविज्ञहरू मनभित्रका खुलदुली खोतल्छन् । मनोविज्ञहरूका अनुसार, जे तीव्रतापूर्वक हृदयद्वारा महसुस हुन्छ, त्यही हृदयले देख्नु हो र हृदयले देखाएको बाटो हिँड्नुपर्छ भन्ने मत रहन्छ । यसरी बुझ्दा के थाहा हुन्छ भने, ओलीले आफ्नो हृदयका आँखा खोलेनन् । अथवा भनौं, उनका भित्री आँखा खुलेनन् । भित्री आँखा अरूले खोलिदिएर खुल्ने होइनन्, आफैं खोल्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here