Home News नेपाल प्रह*रीलाई मिल्यो अहिलेसम्म कै ठुलो सफलता || नेपालमा गु*ण्डाग*र्दी गर्ने भा*रतीयलाई...

नेपाल प्रह*रीलाई मिल्यो अहिलेसम्म कै ठुलो सफलता || नेपालमा गु*ण्डाग*र्दी गर्ने भा*रतीयलाई सिदै गो*ली (भिडियो हेर्नुहोस् )

2414
0


नेपाल प्रह*रीलाई मिल्यो अहिलेसम्म कै ठुलो सफलता || नेपालमा गु*ण्डाग*र्दी गर्ने भा*रतीयलाई सिदै गो*ली (भिडियो हेर्नुहोस् )

याे समचार पनि पढ्नुहोस्
मानिसले आफ्नो जीवनलाई सहज बनाउन भाषाको विकास गरेको हो । आफ्ना मनका कुराहरू अर्को व्यक्तिलाई सहजै बताउन र बुझाउन भाषाको प्रयोग गरिन्छ । आधुनिकताको लहरसँगै नेपालमा पनि अन्तर्राष्ट्रिय भाषाहरूको प्रभाव बढ्दै गएको छ ।

विश्वसमुदायलाई बुझ्न, त्यहाँका वस्तुस्थति थाहा पाउन पनि अन्तर्राष्ट्रिय भाषा सिक्न आवश्यक छ । यसो भन्दैमा नेपाली भाषा कमजोरहरूले मात्र बोल्छन् भन्ने होइन । नेपाली समाजमा अंग्रेजी बोल्नेहरूलाई विद्वान् ठानिन्छ । हाम्रो शैक्षिक प्रणालीले पनि अंग्रेजी भाषालाई प्राथमिकता दिन्छ । विद्यालयहरूले नयाँ भर्नाका लागि विज्ञापन दिँदा ‘अंग्रेजीमा पढाइन्छ’ भन्ने बुँदा राखेकै हुन्छन् । प्रतिस्पर्धाको दुनियाँमा टिक्न विद्यालयहरूले यस्ता नाराहरू बनाउने गरेका छन् ।
हालैको भेटघाटमा मेरी एक साथीले आफू अंग्रेजीमा कमजोर हुँदा भोग्नुपरेको कठिनाइ सुनाइन् ।

उनले कुनै संस्थाको कार्यक्रममा बोल्नुपर्ने थियो । उनीभन्दा अघिका वक्ताहरूले अंग्रेजीमा प्रस्तुति दिएका रहेछन् । उनले भने अंग्रेजी र नेपाली मिसाएर कनीकुथी बोलिछन् । उनले भन्न खोजेको कुरा अरूको तुलनामा कमजोर थिएन, तैपनि अरू सहभागीले उनले बोलेको कुरामा टिप्पणी गर्नुभन्दा पनि अंग्रेजीमै प्रस्तुति दिनुपर्थ्यो भनेछन् । भाषा माध्यम मात्र हो । हो, हामीले आफ्नोबाहेक अन्य भाषा आवश्यकताअनुसार बुझ्न र बोल्न जरुरी छ तर त्यसो भन्दैमा अंग्रेजी बोल्न जान्ने मानिस बढी जान्ने भन्न अलि नमिल्ला कि !

एसईई, प्लस टु, स्नातक वा अन्य तहको नेपाली विषयबाहेकको परीक्षामा अंग्रेजीमा लेखे बढी नम्बर आउने विद्यार्थीहरू सुनाउँछन् । कतिपय शिक्षकले नेपालीको तुलनामा अंग्रेजीमा लेखिएका उत्तरहरूलाई बढी नम्बर दिने गरेका छन् । नेपालीमा राम्रै लेखे पनि कम नम्बर पाएको गुनासो विद्यार्थीहरूले सधैं गर्छन् । लोक सेवा वा त्रिवि सेवा आयोगका परीक्षामा समेत अंग्रेजीमा सामान्य उत्तर लेखे पनि पास भइन्छ भन्ने सुनिन्छ ।

यसैले गर्दा ग्रामीण भेगबाट आएका विद्यार्थीहरू सहरी परिवेशमा आफूलाई कमजोर महसुस गर्न पुग्छन् । सहरमा वर्षको लाखौं खर्च गरेर पढेका विद्यार्थीहरू र गाउँमा घाँसदाउरा गर्दै पढेकाहरूबीच केही फरक त भै नै हाल्छ । नेपालमा कुल जनसंख्याको ठूलो हिस्सा अझै गाउँमै बस्छ । गाउँका विद्यालयको संरचना र पढाइ सहरका निजी विद्यालयको तुलनामा कमजोर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here