LIVE ‘विप्लव’को ख*तरा इन्ट्री: एउटै मन्चबाट विप्लव र ओली ग*र्जिए ! प्रच*ण्डलाई दिए चेता*वनी (भिडियो हेर्नुहोस्)
याे समचार पनि पढ्नुहोस्
संविधानले पक्रेको संसदीय राजनीतिको बाटो नै बदल्नुपर्ने भन्दै त्यसका लागि हिंसात्मक विद्रोहसम्म गर्ने योजनासहित ‘उग्रवामपन्थी’ प्रवृत्तिको नेतृत्व नेत्रविक्रम चन्दले गरेका थिए । उता मधेसलाई छुट्टै देश बनाउने योजनासहित ‘विखण्डनवादी’ प्रवृत्तिको नेतृत्व सीके राउतले गरेका थिए । दुवैले संविधानलाई चुनौती दिँदै गतिविधि अघि बढाउन थालेपछि राज्य पक्ष र मूलधारका राजनीतिक शक्तिहरूलाई टाउको दुखाइ भएको थियो । संविधान निर्माणको साढे ५ वर्षभित्रै यी दुवै ‘अतिवादी प्रवृत्ति’ ले तत्कालका लागि सुरक्षित अवतरण गरेका छन् ।
राउत २०७५ फागुन २४ मै मधेसलाई छुट्टै देश बनाउने योजना त्यागेर मूलधारमा आइसकेका थिए । शुक्रबारबाट नेत्रविक्रम चन्दको समूह पनि ‘शान्तिपूर्ण’ राजनीतिको बाटोमा आउँदै छ । तीन चरणमा भएको वार्ता बिहीबार सफल भएपछि चन्द समूहले हिंसात्मक गतिविधि त्याग्ने प्रतिबद्धता जनाएको छ र सरकारले यो समूहमाथि दुई वर्षदेखि लगाएको प्रतिबन्ध पनि फुकुवा गरेको छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा शुक्रबार हुने औपचारिक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र चन्द समूहका महासचिव नेत्रविक्रम चन्दले संयुक्त सम्बोधन गर्दै छन् । त्यहाँ उनीहरूले राजनीतिक सहमतिका थप विषय स्पष्ट पार्नेछन् । ठीक दुई वर्षअघि राउतलाई पनि प्रधानमन्त्री ओलीले यसैगरी राष्ट्रिय सभागृहको मञ्च सेयर गर्दै मूलधारको राजनीतिमा आएकामा स्वागत गरेका थिए ।
तीन वर्षको कार्यकालमा अनेक राजनीतिक कमजोरी गरे पनि राज्यलाई चुनौती दिँदै हुर्किइरहेका यी दुवै प्रवृत्तिलाई मूलधारमा ल्याउने जस ओली नेतृत्वको सरकारलाई मिलेको छ । यसलाई सरकारले आफ्नो निकै ठूलो उपलब्धि मानेको छ । ‘नेपालको शान्तिपूर्ण राजनीतिका सन्दर्भमा यो अत्यन्तै महत्त्वपूर्ण उपलब्धि हो, यसले मुलुकका कुनै पनि समस्या शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाटै समाधान गर्न सकिन्छ भन्ने मानक स्थापित भएको छ,’ नेकपा ओली समूहका महासचिवसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलले कान्तिपुरसँग भने, ‘तर यति महत्त्वपूर्ण उपलब्धिलाई पनि नदेख्ने, अन्यथा टिप्पणी गर्ने काम भइरहेको छ । योचाहिँ बुझिनसक्नु छ ।’