Home News दुखद घटना: ट्याक्टरको डालीबाट युवती खसिन्, ठाउँको ठाउँ मृ*त्यु

दुखद घटना: ट्याक्टरको डालीबाट युवती खसिन्, ठाउँको ठाउँ मृ*त्यु

315
0

हुम्लामा एक युवती ट्याक्टरको डालीबाट खसेकी छिन् । उनको घटनास्थलमै मृ*त्यु भएको छ । सदरमुकाम सिमकोटबाट चामल बोकेर बुराउसे गाउ जादै गरेको ट्याक्टरबाट खसेर ती युवतीको मृ*त्यु भएको हो । खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले बितरण गरेको वडा भाग चामल लिएर सिमकोट बजारबाट बुराउँसे गाउँतर्फ जाँदै गरेको लु अ अ भ १०१४ नम्बरको ट्याकटरबाट उनी खसेकी थिइन् ।

उनको पहिचान सिमकोट गाउँपालिका४ बुराउसे गाऊकी २७ वर्षकी उपाल लामाको रुपमा भएको छ । सिमकोट बजारबाट चामल बोकेर बुराउसे जाने क्रममा हुमाने खोला नजिकै चिसामुल भन्ने ठाउँमा ट्याक्टरबाट खसेर लामाको मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले पुष्टी गरेको छ ।

चामल बोकेको ट्याकर पछाडी बसेकी लामाको ट्याकरबाट खसेर घटना स्थलमै मृ*त्यु भएको प्रहरी कार्यालय हुम्लाले जनाएको छ । लामाको श*व प्रहरीले घटनास्थलको मुचुल्का गरि पोष्टमार्टमका लागि जिल्ला अस्पताल हुम्ला लगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here