पहिलो पटक अमेरिकाले दियो यति ठुलो पुरस्कार, विश्वकै शाहासी महिलामा नेपाली छोरी मुस्कान परिन् (सम्मान स्वरुप सेयर गराै)
याे समचार पनि पढ्नुहोस्
शनिबार बिहान ९:४५ तिर क्षेत्रपाटीमा अवस्थित पुरानो ग्वारमरी पसलमा मानिसहरुको भिड देखिन्थ्यो । नेवारी परिकार ग्वारमरी विशेषगरी बिहानको नास्तामा खाने गरिन्छ । ग्वारमरी खानेभन्दा पनि पकाउने मानिसमा धेरैको आँखा गइरहेको थियो । आकर्षणका केन्द्रबिन्दु थिए, मास्टर सेफ प्रोफेसनल यूके २०२० का उपविजेता सेफ सन्तोष साह ।
पसलका सञ्चालक ८१ वर्षीय बाबुकृष्ण श्रेष्ठसँग यो परिकार पहिलो पटक देखेको भन्दै चाख मान्दै ग्वारमरी बनाउन सिकिरहेका थिए साह । साथमा उनले परिकारमा राखिने सामाग्रीको बारेमा पनि जानकारी लिए । १०० वर्षभन्दा बढी इतिहास बोकेको यो पसल बाबुकृष्णसँगै छोरा बुहारी पनि सघाउने गरेका छन् । ग्वारमरी चाख्दै साहले मिठो लागेको प्रतिक्रिया दिँदै भने,‘मलाई एकदम मिठो लाग्यो । बनाउन सिकेँ । यही स्वादमा मोर्डन टच दिएर आफ्नो भर्सनमा बनाउने छुँ ।’
काठमाडौँ गेष्ट हाउसको आयोजनामा ‘हेरिटेज फुड टुर’ मा सहभागी भएका साह केही समय अघि मात्र नेपाल फर्केका हुन् । मास्टर सेफ यूकेमा नेपाली खाना पकाएर सबैको मन जित्न सफल भएका साहलाई पसलमा बसेका व्यापारी होस् या बाटोमा हिँड्ने बटुवा गल्ली गल्लीमा सेल्फी लिनेको ओइरो लागेको देखिन्थ्यो । आलोक सिद्धी तुलाधरद्वारा विभिन्न सम्पदा क्षेत्रको वर्णन गर्दै अघि बढेको फुड टुर बांगेमुढा चोकमा नेपाल महिला संघ नागार्जुनले महिला दिवसको अवरसमा आयोजना गरेको गृहिणी मेलामा रोकियो ।
साहले मेला अवलोकन गर्दै नेवारी पोसाकमा सजिएका दिदीबहिनीहरुले बनाएको बारा र स्याभले चाखे । साहले सिगल अवलोकन गर्दे श्री ध: कुल्फी उद्योगमा लप्सीको स्वादमा बनेको वरफ पनि खाए । उनले यस्तै प्रकारको वरफजस्तै मास्टर सेफमा बनाएको निम्बु पानी सोर्बे बनाएको सम्झिए ।
७७ वर्षको इतिहास बोकेको क्षेत्रपाटी गणेश स्थानस्थित श्री कुमारी मरि पस: (पुरानो मिठाई पसल)का सञ्चालक हेमदास ताम्राकारले साहलाई लाखमरी बनाउन सिकाउँदै यसको महत्वको बारेमा पनि प्रकाश पारे । लाखमरी विशेषगरी नेवारी बिहेमा सगुनको रुपमा दिने चलन छ । जेरी र स्वारीको लागि पनि चर्चित छ यो ठाउँ । नुनदेखि सुनसम्म पाइने भनेर चिनिने बजार असनबाट क्षेत्र अघि बढ्दै जाँदा अचारमा साहको आँखा गइहाल्यो । उनले सिद्राको अचार पनि किन्न भ्याए । सन्तोषलाई मरमसालामा पनि विशेष रुची छ । उनले मसलाहरुको बारेमा पनि जानकारी लिए ।