Home News बिर गोर्खाली नेपाली चेलीले भार*तीय गोल्ड मेडलिस्टलाई रामधु*लाई गरिन (भिडियो हेर्नुहोस्)

बिर गोर्खाली नेपाली चेलीले भार*तीय गोल्ड मेडलिस्टलाई रामधु*लाई गरिन (भिडियो हेर्नुहोस्)

248
0

बिर गोर्खाली नेपाली चेलीले भार*तीय गोल्ड मेडलिस्टलाई रामधु*लाई गरिन | Wrestling

याे समचार पनि पढ्नुहोस्
दुई तिहाइ नजिकको बहुमत पाएको नेकपाका सांसद दुई समूहमा विभाजित भएर आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी हुँदै छन् । पार्टी विभाजनले सरकार र संसद्बीचको सम्बन्धमा चिसोपन बढ्दै गएकाले यसपटक प्रतिनिधिसभा बैठक सञ्चालनमा जटिलता उत्पन्न हुने आकलन गरिएको छ । कानुनी रूपमा नेकपा विभाजित नभए पनि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहको निर्णयअनुसार नेकपा संसदीय दलमा दुई नेता र दुई मुख्य सचेतक छन् ।

बहुमत सांसद आफ्नो पक्षमा रहेको भन्दै दाहाल–नेपाल समूहले दलको नेतामा पुष्पकमल दाहाललाई शुक्रबार फेरि निर्वाचित गरेको छ । दाहाल–नेपाल समूहले दाहाल नै संसदीय दलको नेता भएकाले अरू कसैले नेकपा पार्टीको नाममा गरेको निर्णय नमान्न संसद् सचिवालयलाई जानकारी गराइसकेको छ । औपचारिक रूपमा ओली समूहका नेता र सचेतकलाई मात्र आधिकारिक मान्न सकिन्छ, व्यावहारिक रूपमा भने बहुमत सांसद अर्कातिर छन् । उनीहरूले प्रतिनिधिसभामा सत्तापक्षकै कुर्सीमा बसेर प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने अवस्था सिर्जना भएको छ । दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले भने आफ्नो पार्टी प्रतिपक्षको कुर्सीमा बस्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।

सत्तापक्ष नै दुई समूहमा बाँडिएपछि बैठक व्यवस्थापनका लागि कार्यव्यवस्था समितिको बैठक बस्ने/नबस्ने यकिन हुन सकेको छैन । अधिवेशन सुरु भएको दिन सत्ता र प्रतिपक्षी दलका नेताहरूले मन्तव्य राख्ने परम्परा छ तर सत्तारूढ पार्टीको विभाजनका कारण यसपटक त्यस विषयमा छलफल भएको छैन । बोल्न दिँदा क–कसलाई कुन आधारमा दिने भनेर सभामुख अग्निप्रसाद सापकोटाले एकल निर्णय गर्नुपर्ने अवस्था छ ।

संसद् सचिवालयमा सभामुख सापकोटाको संयोजनमा शुक्रबार भएको महासचिव, सचिव, कार्यव्यवस्था समितिका कर्मचारीसहितको बैठकमा प्रतिनिधिसभा बैठक सञ्चालन, व्यवस्थापन र आधिकारिकताको विषयमा जटिलता उत्पन्न हुनुमा निर्वाचन आयोगलाई जिम्मेवार ठहर्‍याइएको छ । बैठकमा सभामुख सापकोटाले सचिवालयका कर्मचारीहरूसँग प्रतिनिधिसभा बैठक सञ्चालनका लागि विगतमा भएको अभ्यासबारे जानकारी लिएका थिए । सचिवालयका एक अधिकारीले भने, ‘निकै लामो समय छलफल भयो । सभामुखको एकल निर्णयमा धेरै विषय टुंगिन सक्ने भएकाले त्यही बाटो हिँड्न सुझाव दियौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here