Home News दुबै हा’त नभएका अर्घाखाँचीका राजु परियारको मृ*त्यु , गाउलेले लगाए आमाले मा’रेको...

दुबै हा’त नभएका अर्घाखाँचीका राजु परियारको मृ*त्यु , गाउलेले लगाए आमाले मा’रेको आ’रोप (भिडियो हेर्नुहोस्)

531
0

दुबै हा’त नभएका अर्घाखाँचीका राजु परियारको मृ*त्यु , गाउलेले लगाए आमाले मा’रेको आ’रोप (भिडियो हेर्नुहोस्)

याे समचार पनि पढ्नुहोस्
राजनीतिक नेतृत्वले चालेको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई न्यायालयले बदर गरी देशलाई फेरि विधि र लयमा ल्याइदिए पनि राजनीतिक अस्थिरता भने कायमै रहने संकेत देखिन्छ। राजनीतिमा दलीय स्वार्थसहित अप्रत्याशित रूपमा आएको कदमले जनादेशप्राप्त प्रतिनिधिसभामा विश्वासको मत विभाजनको स्पष्ट संकेतले प्रधानमन्त्री कार्यपालिका प्रमुख नै कामचलाउ हैसियतमा छन्।

अथवा पुनः विश्वासको मत लिने वा अर्को कदमको सामना गर्ने भन्ने चुनौतीपूर्ण घडीमा छन्। संविधान र कानुनविद्हरूको दृष्टिकोणमा प्रतिनिधिसभाले चयन गरेको प्रधानमन्त्री नै स्पष्टरूपमा विश्वासको मत विभाजनको अवस्थामा अहिले मियोविनाको देश भनी अथ्र्याएका छन्। संविधानको अन्तिम व्याख्या अदालतले गरेको निर्णयले विधिको शासनको रक्षार्थ र संविधानवादको सुनिश्चितता गरे पनि अबको राजनीतिक परिणाम पनि सुखद् देखिँदैन। संक्रमणकालीन राजनीतिक उतारचढावबाट ग्रसित नेपालको राजनीतिक स्थायित्व र बदलिँदो परिवेशले फेरि पनि राजनीतिक संक्रमणको स्पष्ट संकेत देखाएको छ।

अदालतको निर्णय र नागरिकका चाहना विधिको शासन, विकास र राजनीतिक स्थिरता हो। दलीय स्वार्थले विधि र व्यवस्थाको दुर्घटना नहोस् भन्ने हो। भावी दिनमा व्यक्तिगत स्वार्थ र आन्तरिक मतभेदले व्यवस्थाप्रति प्रहार नहोस् भन्ने हो। लोकत्रान्त्रिक शासन व्यवस्थामा राजनीतिक स्थायित्वविनाको शासन सञ्चालनले मुलुकको दिगो विकास, सुशासन र समृद्ध राष्ट्र निर्माणको संविधानको परिकल्पनालाई पूरा गर्ने दायित्व पनि कठिन देखिन्छ। समकालीन समयमा नेपालमा राजनीतिक अस्थिरताको मुख्य जड नै दलीय स्वार्थ र व्यक्तिकेन्द्रित राजनीतिक कसरत नै हो। गुटगत दलीय जोडघटाउ र ध्रुवीकरणको चरम अवस्थाले पछिल्लो समयमा प्राप्त उपलब्धिमूलक व्यवस्थाहरू कार्यान्वयन गराउन पनि कठिन देखिन्छ। पटकपटकको यस्तो अपरिपक्व अभ्यासले नागरिक विगतदेखि नै मुलुकको आमूल परिवर्तन, हकअधिकार र सामाजिक आर्थिक रूपान्तरणका लागि जनआन्दोलन र सशस्त्र संघर्षमा समेत होमिए पनि पूर्णरूपमा उपलब्धिको अनुभूति गर्न अझै सकेका छैनन्।

पछिल्लो घटनाक्रमले देखाएको राजनीतिक अनिश्चितताले नागरिकको व्यवस्थाप्रतिको वितृष्णा झन् बढ्दो क्रममा छ। पूर्ण कार्यकालसहितको स्थायी सरकार त्यसले अगाडि सारेका कार्यक्रम, योजनाको निरन्तरता र नागरिक चाहनाको समय–सान्दर्भिक रूपमा सम्बोधन नहुँदा प्रतिफलमुखी नतिजा देखिँदैन। जसको परिणाम नै अझै पनि गरिब र अल्पविकसित देशका रूपमा परिचित हुनु हो। विगतदेखिको राजनीतिक अस्थिरता र संस्कार चिरेर आधुनिक मौलिक समाज निर्माणका लागि वर्तमान समयमा घटित परिदृश्यमा देशको नेतृत्व गर्ने एक कुशल मियो खोजी आमजनताको अपेक्षा छ। नागरिकको भविष्य देख्न सक्ने मियो चाहिएको छ। मियोको संकेत नै स्थिरता र दिगो हो तर विडम्बना जनचाहनाबमोजिमको कुशल मियो यो देशले विगतदेखि नै पाउन सकेन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here