Home News २४ बर्षे शान्ति बिहे गरेको १२ घण्टा नबित्दै यस्तो अवस्थामा भेटिइन। श्री*मान्ले...

२४ बर्षे शान्ति बिहे गरेको १२ घण्टा नबित्दै यस्तो अवस्थामा भेटिइन। श्री*मान्ले यस्तो गरे। (भिडियो हेर्नुहोस्)

336
0

२४ बर्षे शान्ति बिहे गरेको १२ घण्टा नबित्दै यस्तो अवस्थामा भेटिइन। श्री*मान्ले यस्तो गरे। (भिडियो हेर्नुहोस्)

याे समचार पनि पढ्नुहोस्
पहिलो प्याराग्लाइडिङ पछि त्रिशा श्रेष्ठ दोस्रोपटक आकाशमा उड्दिनन् भन्ने पक्का थियो । पहिलो उडानमै झन्डै बेहोस् भएकी उनले दोस्रोपटक उड्ने सोचुन् पनि कसरी ! प्रेमी राजेश बोम्जनसँगै आकाशमा उड्दै गर्दा उनलाई कैयौंपटक बान्ता भयो । ल्यान्डिङसम्म त शिथिल शरीरमा ठीकसँग उभिन पनि सकेकी थिइनन् । प्याराग्लाइडिङले बिरामी बनाइदिएको त्रिशालाई सम्हाल्न प्रेमी बोम्जनलाई हम्मेहम्मे पर्‌यो ।

आज उनै त्रिशा आकाशमा प्यासेन्जरलाई लिएर उडान भर्छिन् । भुइँ छोडेर बादलको बीचमा उड्दै गर्दा प्यासेन्जरको अनुहारमा देखिने खुसीले उनलाई उत्साहित बनाउँछ । १५ वर्षअगाडि आकाशमै बिरामी भएकी उनका लागि अहिले आकाशमा उड्नु एक किसिमको लत नै बनिसक्यो ।
नेपालको पहिलो महिला सोलो प्याराग्लाइडिङ पाइलट त्रिशा पाँच वर्षयता ट्याण्डम(दोस्रो व्यक्तिसहित) पनि उडाउँदै आएकी छिन् । पहिलो उडानमै ‘मोसन सिक्नेस’को सिकार भएकी त्रिशाले कसरी उड्न मनपराइन् त ?

१६ वर्ष अगाडि राजेशसँग उनको भेट भयो । त्यतिबेला उनी ग्राफिक डिजाइनर भएर पोखराको एडभर्टाइजिङमा काम गर्दै थिइन् । राजेश आफ्नो प्याराग्लाइडिङ कम्पनी सनराइज प्याराग्लाइडिङको बोर्ड बनाउन उनको अफिस पुगे । त्यही बेला उनले प्याराग्लाइडिङबारे पहिलो पटक थाहा पाइन् । बोम्जन प्याराग्लाइडिङको पाइलट रहेको पनि जानिन् । त्यही भेटबाट उनी दुईबीच प्रेम झांगियो । प्रेम सम्बन्धमा रहेकै बेला बोम्जनसँग प्याराग्लाइडिङ गर्दा उनी बिरामी परेकी थिइन् । डेढ वर्षको प्रेम सम्बन्ध विवाहमा परिणत भयो ।

बिहेपछि नै हो त्रिशाले प्याराग्लाइडिङ थालेको । बिहेपछि उनले ग्राफिक डिजाइन छोडिन् । घरमा बस्दा-बस्दै दिक्क लागेपछि एकदिन श्रीमान बोम्जनलाई जिस्केर भनेकी थिइन्,’प्याराग्लाइडिङ पो सिक्नुपर्छ कि, घर बसेर के गर्नु ?’

राजेशले पनि उनलाई ‘कोसिस गरी हेर’ भने । तालिममा सहभागी भइन् । त्यसपछि उनलाई थाहा भयो तालिममा एकजना भारतीयबाहेक उनीमात्रै महिला रहेछन् । १० दिनको सैद्धान्तिक अध्ययनपछि पनि उनमा उड्ने आत्मविश्वास थिएन । मोसन सिक्नेसले गाह्रो बनाउँथ्यो । तर सिकेरै छोड्छु भन्ने उनको अठोटले उनलाई उडानको अभ्याससम्म पुर्‌यायो । ‘सुरुमा एक्लै उड्दा डर लाग्थ्यो । लामो फ्लाइट गर्दा टाढा-टाढा झर्नुपर्छ,’ उनले सिकाइका दिन सम्झिन्,’हामीसँग प्रयोगात्मक अनुभव हुँदैन त्यतिबेला । सुरुमा त उडिरहँदा पनि के हुन्छ भनेर हामीलाई थाहै हुँदैन ।’

वाकीटकीमा इन्स्ट्रक्टरको निर्देशनकै आधारमा टेकअफ र ल्याण्डिङ हुन्थ्यो । डरले मनको ढुकढुकी बढ्थ्यो । पूरा भरोसा इन्स्ट्रक्टरमा राखेरै १० मिनेटको पहिलो उडान भरिन् त्रिशाले । त्यो पहिलो उडान उनी कहिल्यै बिर्सनँ सक्दिनन् । ‘जबसम्म जमिनमा आफ्नो खुट्टा पर्दैन तबसम्म कामेको काम्यै हुन्थ्यो । दिमाग ब्रेकमै भएर होला खासै बान्ता आएन,’ उनले भनिन्, ‘पहिलो फ्लाइटपछि ‘मैले गर्न सकेँ’ भन्ने अनुभव भयो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here