Home News प्रति*बन्ध हुँदाका दिन सम्झदै ओलीमाथि खनिए विप्लव, प्रचण्ड बारे ड*रलाग्दो खु*लासा, २०...

प्रति*बन्ध हुँदाका दिन सम्झदै ओलीमाथि खनिए विप्लव, प्रचण्ड बारे ड*रलाग्दो खु*लासा, २० महिनामा धुलो*पिठो (भिडियो हेर्नुहोस)

339
0

प्रति*बन्ध हुँदाका दिन सम्झदै ओलीमाथि खनिए विप्लव, प्रचण्ड बारे ड*रलाग्दो खु*लासा, २० महिनामा धुलो*पिठो (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
सन् २०११ देखि नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बनाउने योजना राजनीति निर्देशित परिवर्तनहरूको अचम्मको शृङ्खलाबाट गुज्रिइरहेको छ । अहिले नेपाल सरकार चिनियाँ ठेकेदारलाई निर्माण कहिले सुरु हुन्छ भनेर सोध्न सक्ने अवस्थामा पनि छैन।

यसैबीच, नेपाली ऊर्जा क्षेत्रका विज्ञहरूले सौर्य र वायु जस्ता नवीकरणीय ऊर्जाको घट्दो मूल्यका कारण आर्थिक रूपले लाभदायी नहुने भनेर भनिरहेका बेला आयोजनाका कारण ५०,००० मानिसको जीवनयापन भने अस्तव्यस्त भइसकेको छ ।

सन् २०२२ भित्रै सकिनुपर्ने थियो, बूढीगण्डकी जलविद्युत् आयोजना । यसले १२०० मेगावाट थपेर नेपालको बिजुली आपूर्ति अहिलेको भन्दा झण्डै दोब्बर बनाउने थियो । २६३ मिटर अग्लो (संसारका १० अग्लोमध्ये एक) बाँधपछाडि मध्य तथा पश्चिम नेपालका धादिंग तथा गोर्खामा ४५ किमि लामो तालको परिकल्पना आयोजनाले गरेको छ । यो बाँधले बनाएको ताल पोखराको फेवातालभन्दा १५ गुणा ठुलो हुनेछ। जलाशयको स्थिर प्रवाहले प्रत्येक वर्ष ३.३८ अर्ब युनिट बिजुली उत्पादन गर्नुपर्ने हो । बूढीगण्डकी नदी हिमालयको छछल्किँदो पानीलाई उत्तरी भारतमा पुर्‍याउने गण्डक नदीको एउटा मुख्य सहायक नदी हो ।

खास समस्या ? चाइना गेजुवा ग्रुप कर्पोरेसले काम सुरु गर्ने कुनै पनि संकेत देखाएको छैन । सेप्टेम्बर २०१८ मा कुनै टेन्डर आह्वान नगरीकन यसलाई उस्को जिम्मा लगाइएको थियो। यो निर्णय त्यति बेला एकदम विवादास्पद बनेको थियो। अहिले भने यो परियोजना न यता न उताको अवस्थामा छ। बूढीगण्डकी नदी किनारमा रहेको सबैभन्दा ठूला बस्तीमध्ये एक खहरे बजारको ड्रोनबाट खिचिएको तस्बिर । (तस्बिर : नवीन बराल/द थर्ड पोल)

“केही महिनायता हामीले कम्पनीसँग सम्पर्क गर्ने प्रयास गरेका छौं । तर त्यसले स्पष्टसँग कुनै प्रतिक्रिया दिएको छैन । कम्पनीलाई आयोजना बनाउने इच्छा छ, छैन हामीलाई थाहा छैन । आयोजना अनिश्चितताको स्थितिमा छ,” जलस्रोत, ऊर्जा र सिँचाइ मन्त्रालयका सहप्रवक्ता गोकर्णराज पन्तले भने ।

अन्यौलग्रस्त भविष्य नै यहाँका मानिसहरुका लागि सुहाँउदो वर्णन हो । क्षतिपूर्तिको हकदाबीलाई सुल्झाउन खोलिएको गोर्खाको सिउरेनीटारस्थित परियोजना कार्यालयमा चहलपहल छ। फोन बजिरहन्छ । र, कर्मचारी दाबीकर्ताहरुको फोन उठाउनैमा व्यस्त छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here