Home News भर्खरै हेर्नुहोस, फेरि ओलीले गरे यस्तो घोषण: नयाँ अभियानको शूरुवात Pm Kp...

भर्खरै हेर्नुहोस, फेरि ओलीले गरे यस्तो घोषण: नयाँ अभियानको शूरुवात Pm Kp Sharma Oli. (जानकारीका लागि सेयर गराै)

411
0


भर्खरै हेर्नुहोस, फेरि ओलीले गरे यस्तो घोषण: नयाँ अभियानको शूरुवात Pm Kp Sharma Oli. (जानकारीका लागि सेयर गराै)

याे समचार पनि पढ्नुहोस्
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहितका तत्कालीन नेकपा (माओवादी केन्द्र)का नेता तथा मन्त्रीहरुसँग पार्टी एकतामै रहने गरी छलफल अघि बढाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतका नेताहरूसँग छलफल गरिरहेको बालुवाटार स्रोतले जनाएको छ। सोमबार पनि प्रधानमन्त्री ओलीले उनीहरुसँग छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीले तत्कालीन एमाले महासचिव ईश्वर पोखरेल, उपमहाचिव विष्णु पौडेललगायतसँग पनि पार्टीको आन्तरिक संरचना सक्रिय बनाउनेबारे छलफल गरेका हुन् । सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र आ-आफ्नो कित्तामा लागेका छन्। सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको थियो। यसले नेकपाको एकीकरणलाई खारेज गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पूर्ववत् रूपमा जगाएको हो।

नेपाल पक्ष एमालेमै फर्किए पनि ओलीतिर लागेका माओवादी धारका नेताले मूलघरमा नफर्किने संकेत गरेका छन्। प्रधानमन्त्री ओलीले अदालतको आदेशलगत्तै आइतबार आफ्नो पक्षमा लागेका माओवादी धारका नेतालाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए। त्यस क्रममा ओलीले सोधेका थिए, ‘तपाईंहरूलाई सहजता के गर्दा हुन्छ ?’

गृहमन्त्री रामबहादुर थापा, सहरी विकासमन्त्री प्रभु शाह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, खेलकुदमन्त्री दावा तामाङलगायत नेतासँग ओलीले छलफल गरेका हुन्। तर, यी मन्त्रीले राजनीतिक रूपमा ओलीतिर लागेकाले पद गएपनि माओवादी केन्द्रमा नफर्किने बताएको स्रोतले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here