Home News कन्चनको मूल्य एक लाख मात्रै हो त ? यस्तो छ बास्तबिकता सम्झौताको...

कन्चनको मूल्य एक लाख मात्रै हो त ? यस्तो छ बास्तबिकता सम्झौताको (भिडियो हेर्नुहोस)

327
0

कन्चनको मूल्य एक लाख मात्रै हो त ? यस्तो छ बास्तबिकता सम्झौताको (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
मेलम्ची खोलाको पानी काठमाडौंमा आइपुगेपछि यतिबेला काठमाडौं उपत्यकावासी खुसी छन् । दुई दशक लामो प्रतीक्षापछि पानी काठमाडौँ आइपुग्दा वर्षौंदेखि अभावको अवस्था झेल्दै आएका उपत्यकावासीले हर्षको अनुभुति गरेका हुन् । निर्माण सम्पन्न हुन अझै बाँकी रहे मेलम्चीको पानी सुन्दरीजलसम्म आइपुगेपछि उपत्यकाबासीको वर्षौँको निराशा आशामा बदलिएको छ ।

सरकारले अन्तरकालिन व्यवस्थाबाट आएको पानी चैत दोस्रो सातादेखि उपत्कावासीलाई वितरण गर्ने उल्लेख गरिसकेको छ । हेडवक्र्स निर्माण सकिएपछि भने उपत्यकाबासीलाई नियमित रुपमा पानी वितरण हुने मेलम्ची खानेपानी विकास बोर्डका कार्यकारी निर्देशक त्रिनेश खत्री बताउँछन् । योसँगै वैशाखदेखि धारामा दैनिक २ देखि ३ घण्टा पानी आउने अवस्था रहेको उनको भनाइ छ ।

खानेपानी वितरणसम्बन्धी सरकारी निकायहरु मेलम्चीको खानेपानी आपूर्तिका लागि सक्रिय भइरहँदा उपत्यकामा पानी आपूर्ति गर्ने ट्याङ्कर व्यवसायी र मजदुर भने यतिबेला संकटमा छन् । मेलम्चीको पानी वितरण हुन थालेपछि बजारबाट पानीको माग ह्वात्तै घट्ने भन्दै व्यवसायी र मजदुरहरुले यसको विकल्प खोज्न थालेका हुन् । मेलम्चीको खानेपानी आउनेबित्तिकै ७० प्रतिशत व्यवसायी र मजदूरको रोजीरोटी गुम्ने अवस्था रहेको व्यवसायीहरु बताउँछन्

काठमाडौं उपत्यकामा अहिले ३ प्रकारले पानीको आपूर्ति हुँदै आएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) बाट वितरण हुने पानी सबैभन्दा मुख्य स्रोत हो । अहिले केयुकेएलले वर्षात्मा दैनिक २० करोड लिटरसम्म पानीको आपूर्ति गर्दै आएको छ । गर्मी सिजनमा भने यस्तो आपूर्ति घटेर ९ करोड लिटरसम्म झर्ने गरेको छ ।

केयुकेएलको आपूर्तिले नधानेको माग भने वैकल्पिक स्रोतबाट हुँदै आएको छ । ढुंगेधारा, इनार, ट्याङ्कर र आकाशे पानीलाई अहिले वैकल्पिक स्रोतको रुपमा प्रयोग गर्ने गरिएको छ । यो स्रोतबाट वर्षा याममा १०÷१२ करोड लिटर र सुख्खा याममा ८÷९ करोड पानीको आपूर्ति हुने गरेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here