Home News भर्खरै प्रधानमन्त्री ओलीले गरे यस्तो उद्घोष: आज विशेष दिन भन्दै ओलीद्धारा खुशी...

भर्खरै प्रधानमन्त्री ओलीले गरे यस्तो उद्घोष: आज विशेष दिन भन्दै ओलीद्धारा खुशी ब्यक्त ! PM Kp Oli (भिडियो हेर्नुहोस्)

208
0

प्रधानमन्त्री केपी शर्मा ओलीले पृथकतावादी र हिंसाको अन्त्यसँग मुलुक फेरि शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २० औं वार्षिकोत्सवको अवसरमा पृथकतावादी र हिंसात्मक गतिविधि अन्त्य भएको दाबी गरेका हुन् ।

सरकारले नेत्रविक्रम चन्द नेतृत्व समूहलाई वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा ल्याएको र २०७५ फागुन २४ मा मधेसलाई छुट्टै देश बनाउने योजनासहित अघि बढेर सीके राउतको समूहलाई वार्तामार्फत मूलधारको राजनीतिमा ल्याएको थियो ।

राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष तथा रक्षा मन्त्रीसमेत रहेका प्रधानमन्त्री ओलीले २०५८ सालको सुरक्षा अवस्थालाई हेरेर स्थापना गरिएको सुरक्षा परिषद्को सचिवालय स्थापनाको १९ वर्षपछि मुलुक शान्तिपूर्ण बाटोमा प्रवेश गरेको बताए ।

ओलीले राष्ट्रिय सुरक्षा परिषद्सहितको सहयोगमा हिंसात्मक गतिविधि गर्ने र अतिवादी समूहहरुलाई वार्तामा ल्याउन सफल भएको उल्लेख गरे । ‘सुरक्षा परिषद् लड्न–भिँड्नमात्र होइन, यसले शान्ति स्थापना पनि गर्न पनि जान्दछ भन्ने हो,’ ओलीले भने । ओलीले हिंसात्मक बाटो लिएकाहरुका लागि पनि आफ्नो बाटो छाडेर शान्तिपूर्ण बाटोमा फर्कन प्रेरणा र हौसला दिएको र उनीहरु शान्तिपूर्ण राजनीतिक प्रक्रियामा आएको बताए । ओलीले नेपालको भौगोलिक विविधतालाई एकताको रुपमा प्रयोग गर्नु पर्ने बताए ।

प्रधानमन्त्री ओलीले क्षेत्रीय स्तरमा नेपालको छिमेकीहरुसँगको सम्बन्ध राम्रो भइरहेको र भएका समस्या पनि शान्तिपूर्ण वार्तामार्फत समाधान गर्न सकिने उल्लेख गरे । उनले अहिले विश्वमा विभिन्न राष्ट्रहरु दुई हिसाबले अघि बढेको बताए । उनले भने,‘पहिलो प्रभाव विस्तार गर्ने र दोस्रो सम्प्रभुताको पक्षमा हो । नेपाल प्रभाव विस्तारमा होइन, सम्प्रभुताको पक्षमा छ । हामीले आफ्नो राष्ट्रको हितको रक्षा र संरक्षणमा हेर्नुपर्छ । आफ्नो राष्ट्रिय हित गर्दा अर्को राष्ट्रको हितलाई असर हुन्छ कि भन्ने सोच्नु पर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here