पूर्वराजा ज्ञानेन्द्र शाह अहिले भारतको पश्चिम बंगाल पुगेका छन् । पत्नी कोमल शाहसहित भारत पुगेका शाहले भारतका विभिन्न स्थानहरु भ्रमण गर्ने तालीका रहेको छ ।
पश्चिम बंगालमा रहेका शाहले एउटा सपिङ मलमा भारतिय पत्रकारहरुसंग अन्तरक्रिया समेत गरेका छन् । मलमा घुम्ने क्रममा पत्रकारहरुले पूर्वराजा शाहको भारत भ्रमणको उद्देश्य बारे जिज्ञासा राखेका छन् । भारतीय पत्रकारहरुले शाहलाई सोधे, “हिज एक्सीलेन्सी इस बार आपका भारत भ्रमणका मक्सद क्या है?” प्रश्न सुने पश्चात शाहले आफूलाई हिन्दी भाषा नआउने कुरा उल्लेख गर्दै अंग्रेजीमा जवाफ दिए, “आई डन्ट नो हिन्दी।”
जब ज्ञानेन्द्र शाहले मनिषा कोईरालालाई भने, केपी ओलीको चर्को विरोध नगर्नुजब ज्ञानेन्द्र शाहले मनिषा कोईरालालाई भने, केपी ओलीको चर्को विरोध नगर्नु पूर्वराजा शाहको जवाफ पाएपश्चात पत्रकारहरुले नेपाली भाषा मै प्रश्न सोधे, “तपाईको यस पटकको भारत भ्रमणको उद्देश्य के छ?’ नेपाली मै प्रश्न सोधे पश्चात शाहले जवाफ दिए, “खासै कुनै विशेष लक्ष्य छैन ।”
पश्चिम बंगालमा नेपाली भाषीहरुपनि रहेको कारण पत्रकारहरुले नेपाली भाषामा प्रश्न गरेका थिए भने पूर्वराजा शाहले आफुलाई हिन्दी नआउने भनेर तर्किएका थिए । एक महिना अघि जाडो छल्न पूर्वराजाको परिवार नै झापा गएका थिए । झापा पुगेपछि भारत समेत जाने चर्चा चलेको थियो । शाह एकाएक भारत भ्रमण गए पश्चात दिल्ली सम्म पुग्ने चर्चा चुलिएको छ ।