Home News झट्ट हेर्दा निर्मल जस्तै लाग्ने टिकटकमा भाइरल पुजा। सबै लाई झुकिनछन। Puja...

झट्ट हेर्दा निर्मल जस्तै लाग्ने टिकटकमा भाइरल पुजा। सबै लाई झुकिनछन। Puja Pandey (भिडियो हेर्नुहोस)

283
0

झट्ट हेर्दा निर्मल जस्तै लाग्ने टिकटकमा भाइरल पुजा। सबै लाई झुकिनछन। Puja Pandey (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
मूल्य बढेको जनाउँदै कम्पनीले खुद्रा व्यापारीलाई प्रतिलिटर १ सय ९० रुपैयाँमा बेच्छन्, त्यो सामान सर्वसाधारणलाई प्रतिलिटर २ सय रुपैयाँमा बिक्री गर्नुपर्छ,’ उनले भने, ‘तर बक्सभित्र हेर्दा एमआरपी १ सय ८० रुपैयाँ नै हुन्छ । व्यापारीले २ सय रुपैयाँमा बिक्री गर्दा अनुगमनका क्रममा हामी जस्ता साना कारोबारी पर्ने देखियो ।’

संघका अध्यक्ष राजकुमार श्रेष्ठले पनि एक सातायता खाने तेलको मूल्य फेरि बढेको जानकारी दिए । पछिल्ला राजनीतिक घटनाक्रमसँगै मूल्य मनलाग्दी भएको उनी पनि स्विकार्छन् । ‘एक महिनाअघि ब्रान्डअनुसार सनफ्लावर लिटर २ सय ३० देखि २ सय ५० रुपैयाँ थियो । वाणिज्यले निर्देशन दिएपछि केहीले प्रतिलिटर १०/१५ रुपैयाँसम्म मूल्य घटाएका थिए,’ उनले भने, ‘एक सातायता तेलको मूल्य फेरि प्रतिलिटर १० रुपैयाँ बढाएका छन् ।

एमआरपीमा भने पुरानै मूल्य राखिएको छ, किन्दा भने बढी मूल्य तिर्नुपरेको छ । भाउमा मनोमानी छ ।’ संघका अनुसार मूल्य बढ्नुपर्ने खास कारण भने छैन । तर उद्योगीहरूले आफूखुसी मूल्य निर्धारण गरिरहेको अध्यक्ष श्रेष्ठले बताए । ‘ढुवानी भाडा बढेको छैन, कच्चा पदार्थ पनि बढेको छैन तर तेलको मूल्य उकालो लागेको लाग्यै छ,’ उनले भने, ‘होलसेलमा मूल्य थप बढ्ने बताउने गरिएको छ । यसबारे नियामक निकायलाई जानकारी गराइसकेका छौं ।’ खुद्रा व्यापार संघले नियामक निकायलाई जानकारी गराए पनि वाणिज्य विभाग भने बेखबर छ ।

‘मूल्य घटाउन निर्देशन दिएका थियौं, त्यसपछि मूल्य घट्दै गएको हाम्रो बुझाइ छ,’ विभागका एक अधिकारीले भने, ‘पछिल्ला राजनीतिक घटनाक्रमका कारण व्यवसायीले फेरि मूल्य बढाउने मौका छोपेका हुन सक्छन् ।’ बजार अनुगमनको दायित्व नगरपालिका र स्थानीय तहको पनि हो । तर अनुगमन मौसमी मात्र भएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् ।

‘सरकारी निकाय बलियो रूपमा उभिए धेरै कुरामा नियन्त्रण हुन्थ्यो । काठमाडौं महानगरपालिकाको अनुगमन रहरबाजी नै हो,’ उनले भने, ‘चाडबाडका मुखमा कसैको रहरले अनुगमन भयो, अहिले भाउ बढेका बेला भने अनुगमन ठप्प छ ।’ विभाग र महानगरपालिकाको कार्यशैलीकै कारण उद्योगीहरू अराजक बन्दै गएको महर्जनको दाबी छ । यता वाणिज्य विभागका प्रवक्ता शिवराज सेढाईं भने अनुगमनको काम जारी रहेको बताउँछन् । ‘राजनीतिक तरलता बढेका बेला मूल्य बढाउन भएन । उपभोग्य वस्तुको बढाउने उद्योगी व्यवसायीको यकिन गरेर कानुनी कारबाही हुन्छ । अनुगमन पनि प्रभावकारी बनाउँछौं,’ उनले भने ।

तेल उद्योगीहरूले भने अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले केही बढेको दाबी गरिरहेका छन् । पछिल्ला १० दिनमै खाने तेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ बढाएको नाम उल्लेख नगर्ने सर्तमा एक तेल उद्योगीले स्विकारे । ‘मूल्य बढ्नुको कारण अन्तर्राष्ट्रिय बजार नै हो । विदेशमा बढेपछि यहाँ पनि मूल्यवृद्धि गर्न बाध्य भएका हौं,’ उनले भने, ‘कच्चा पदार्थको मूल्य घटेपछि केही घटाएका थियौं, अहिले फेरि बढिरहेको छ । त्यही भएर मूल्यवृद्धि गर्नुपर्‍यो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here