Home News Manisha Koirala लाई करिश्माले भनिन् राजनीतिमा आउनुस म साथ् दिन्छु | तारिफ...

Manisha Koirala लाई करिश्माले भनिन् राजनीतिमा आउनुस म साथ् दिन्छु | तारिफ गरेर थाकेनन Karishma (भिडियो हेर्नुहोस)

171
0

Manisha Koirala लाई करिश्माले भनिन् राजनीतिमा आउनुस म साथ् दिन्छु | तारिफ गरेर थाकेनन Karishma (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
कला, संस्कृति र विविधताको उत्कृष्ट संयोजन गरेर बुद्ध जन्मस्थल लुम्बिनीको ‘ब्रान्डिङ’ गर्ने काम थालिएको छ । लुम्बिनीलाई आकर्षक गन्तव्य बनाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा चिनाउन नेपाल पर्यटन बोर्ड अग्रसर भएर यो काम थालेको हो ।

काठमाडौंको आर्ट एन्ड डिजाइन कम्पनी कर्प्स एन्ड कलर्सले बुद्धस्थल लुम्बिनी, तिलौराकोट, देवदह र रामग्राम पुगेर अध्ययन अनुसन्धान गरी त्यहाँको अवस्था, सुन्दरता, पुरातात्त्विक एवं ऐतिहासिक वैभवलाई सिर्जनामार्फत उतारेर ब्रान्डिङ गरेको भैरहवामा सोमबार आयोजित विशेष कार्यक्रममा जानकारी गराइयो । विज्ञले स्केच कोरेर त्यसलाई डिजिटलाइज गरी ब्रान्डिङ गरेका हुन् ।

सरल रूपमा बुझ्न र बुद्ध जन्मस्थल लुम्बिनीको सचित्र स्मरण हुने गरी ब्रान्डिङ तयार गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए । ‘ब्रान्डिङ देख्नासाथ शान्तिको सन्देश जानेछ,’ उनले भने, ‘बौद्ध धर्मावलम्बी र शान्तिकामी यहाँ आउन थप लालायित हुनेछन् ।’ भारत, थाइल्यान्ड, माल्दिभ्सलगायत धेरै देशले महत्त्वपूर्ण स्थलको ब्रान्डिङको काम गरी पर्यटन प्रवर्द्धन गरेका छन् । विश्व शान्तिको मुहान लुम्बिनीलाई ब्रान्डिङबाट चिन्न सकून् भनेर काम थालिएको उनले बताए ।

लुम्बिनीको प्राकृतिक सुन्दरता, नदी, चराको कलरव, जलक्रीडा र ॐ माने पद्मे हुँको गुन्जायमान वातावरणलाई ‘ब्रान्डिङ’ मा समावेश गरिएको छ । जापानी वास्तुकलाविद् केन्जो टाँगे अर्किटेक्ट, ब्राह्मी लिपि, बर्मिज फन्ट र पवित्र बगैंचालाई सुन्दर ढंगले प्रस्तुत गरी संयोजन गरिएको छ । राजकुमार सिद्धार्थको घुम्रिएको कपाल, सुन्दर प्राचीन सहर र बोधिवृक्षलाई पनि ब्रान्डिङमा संयोजन गरिएको छ । यहाँको टोपीग्राफी नक्सा, प्राकृतिक सुन्दरता, पुष्करणी पोखरी, अशोक स्तम्भ र चरालाई पनि संयोजन गरिएको छ । प्राचीन आर्किटेक्ट, वन, वनस्पति, परम्परा र मनोरम वातावरणलाई ‘ब्रान्डिङ’ मा स्थान दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here